काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीले प्रसारण लाइनका सबै ठेक्का रद्द गरेको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले सूचना जारी गर्दै परियोजनाअन्तर्गतका तीन वटै ठेक्का रद्द भएको जनाएको हो ।
ठेक्कामा बोलपत्र पहिले गरिएको लागत अनुमानको तुलनामा बोलपत्रदाताले अत्यधिक उच्च लागत प्रस्ताव गरेपछि ठेक्का रद्द गरिएको एमसीए नेपालले जनाएको छ ।
केहि समयपछि प्रसारण लाइन परियोजनाको नयाँ टेन्डर आह्वान गर्ने अवस्था आएको भन्दै एमसीसीअन्तर्गत विद्युत् प्रसारण लाइनसम्बन्धी तीन वटै प्याकेजका ठेक्का रद्द गरिएका हुन् ।
एमसीए नेपालले इस्टिमेट गरेभन्दा ६७ प्रतिशत बढीका बोलपत्र परेपछि ठेकेदार छनोटमा अन्योल भएको थियो । एमसीएले २२ करोड डलरमा ४०० केभी क्षमताको ३१५ किलोमिटर विद्युत प्रसारणलाइन बनाउन गत वर्ष १२ मंसिरमा बोलपत्र आह्वानसम्बन्धी पहिलो सूचना जारी गरेको थियो ।
प्याकेज बनाएर अलगअलग बोलपत्र आह्वान गरिएकोमा ६ वटा कम्पनीले प्रस्ताव पेस गरेका थिए । तीमध्ये प्राविधिक मूल्यांकनबाट ५ वटा मात्र छनोट भएका थिए ।
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...