
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रीय पात्र भनेर चिनिएका गृहसचिव प्रेमकुमार राई आगामी माघ २० गतेदेखि आफ्नो पाँच वर्षे सचिवको कार्यकाल पुरा गरी अवकास पाउने भएपछि राईलाई विशेष पद दिने तयारी भएको बुझिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले रुचाउने र प्रधानमन्त्री केपी ओलीका प्रियपात्रको रुपमा चिनिएका राईलाई मुख्यसचिव बनाउने शितलनिवास र बालुवाटारको योजनालाई परिवर्तन गरी अख्तियारमा आयुक्त र त्यसपछि प्रमुख आयुक्त बनाउने रणनीति तय भएको छ ।
उनलाई मुख्यसचिव बनाउन हालका मुख्य सचिव लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाको राजदूतको अफर समेत भएको थियो । तर, उनलाई अवकास दिएर राईलाई मुख्य सचिवमा लगिए पनि राई एक वर्षभन्दा बढी उमेर हदका कारण मुख्यसचिव बन्ने स्थिति नदेखिएपछि त्यस्तो योजनाबाट बालुवाटारको किचन क्याविनेट पछि सरेको थियो ।
गृह सचिव राईलाई पदावधि समाप्त भएर घर फिर्ता भएको महिना दिन भित्रै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आयुक्त बनाउने गृहकार्य अहिलेबाटै सुरू भएको हो । भोजपुरका स्थायी बासिन्दा राई सहसचिवमा हुँदासम्म लो प्रोफाईलमा बस्न रुचाउने कर्मचारी थिए ।
२०७४ साल फागुन ३ गते केपी शर्मा ओली सत्तामा आउनासाथ राईलाई गृह मन्त्रालयको अविच्छिन्न जिम्मेवारी दिइएको थियो । दुई वर्षयताको प्रशासनिक र राजनीतिक नियुक्तिमा झापा, तेह्रथुम र भोजपुरकाले मात्र बढी अवसर लिएको भनेर सत्तारूढ नेकपाभित्रैबाट चर्को आलोचना भइरहँदा राईलाई सचिवको पदावधि समाप्त हुनासाथ अख्तियार आयुक्तमा नियुक्त गर्न लागिएको छ ।
अख्तियारमा प्रमुख आयुक्त र चारजना आयुक्तमध्ये दुई आयुक्त पद खाली छ । सो रिक्त पदमा राईलाई सचिवबाट अवकाश पाएपछि नियुक्त गर्ने तयारी गरिएको बालुवाटार स्रोतले जनायो । राईले गृह मन्त्रालयका कतिपय जटिल र गम्भीर विषयमा निर्णय गर्दा गृहमन्त्री रामबहादुर थापा (बादल) सँग समेत सल्लाह नगर्ने गरेको आरोप लाग्ने गरेको थियो ।
अघिल्लो सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ साल कात्तिक ३ गते मुख्य सचिवमा नियुक्त गरिएका लोकदर्शन रेग्मीलाई समेत ओभरटेक गरेर राईले काम गर्दथे भने गृह प्रशासन समेत उनकै नीति र उदेश्यमा चल्ने गरेको थियो । राईले आफू गृह सचिवबाट अवकास पाएपछि सो स्थानमा भूमि व्यवस्था, गरिवी निवारण तथा सहकारी मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई गृह सचिव बनाउनु पर्ने सिफारिस प्रधानमन्त्री ओलीसमक्ष गरेका छन् । गौतम संखुवासभाका स्थायीवासिन्दा हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेले समेत गृहमा आउने रहर गरेका छन् । तर, कतिपय विषयमा उनीसँग राईको राय वाझिएपछि राईले न्यौपानेलाई अख्तियारबाट अन्यत्रै पठाउनु पर्ने सुझाव दिएका छन् ।
अख्तियारका आयुक्त राजनारायण पाठकले राजिनामा दिएको र तत्कालिन प्रमुख आयुक्त दीप बस्न्यातले राजिनामा दिएपछि अख्तियारमा दुई आयुक्त पद खाली छन् । अख्तियारका प्रमुख आयुक्त बस्नेतको ठाउम्मा आयुक्त नवीनकुमार घिमिरेलाई प्रमुख आयुक्त बनाइएको छ । घिमिरेको कार्यकाल २०७७ साल असोज २८ गते सकिँदैछ ।
घिमिरेसँगै आयोगका आयुक्तहरु सावित्री थापा र डा. गणेशराज जोशी पनि अवसका पाउँदैछन् । अख्तियारको खालि दुई आयुक्तमध्ये एकमा राई र अर्को आयुक्तमा कांग्रेसको सिफारिसमा पूर्वराष्ट्रपति डा. रामबरण यादवका ज्वाईंलाई नियुक्त गर्ने तयारी भइरहेको छ ।
राईभन्दा वरिष्ठ सचिवहरू अर्जुनकुमार कार्की, दीपेन्द्रनाथ शर्मा र विष्णु लम्साल गत साउन २१ गते नै अवकाश पाइसकेका छन भने सचिव महेश दाहाल २०७७ जेठमा अवकाश पाउँदै छन् । सचिवहरू केदारबहादुर अधिकारी, मोहनकृष्ण सापकोटा र शंकर बैरागी पनि २०७७ साल असोज २२ गते सचिवको पाँच वर्षे पदावधिका सकिएपछि घर फर्कदैछन् ।
राईसँगै सचिवहरू राजन खनाल, गजेन्द्र ठाकुर र रामकुमार आचार्य पनि अवकाश पाउँदै छन् । खनाल अर्थ सचिव, ठाकुर नेपाल ट्रष्टका सचिव र आचार्य उपराष्ट्रपतिको कार्यालयका सचिव हुन् ।
रेग्मीपछि भोजपुरका घिमिरेलाई मुख्य सचिव
कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला मुख्य सचिवमा नियुक्त भएका लोकदर्शन रेग्मी आफ्नो तीनवर्षे कार्यकाल समाप्त गरी आगामी २०७७ कात्तिक तीन गते घर फर्कने भएका छन् । रेग्मीले मुख्य सचिवबाट अवकास पाएपछि कात्तिक ३ गतेबाट मुख्यसचिवमा भोजपुरको कुदाकाउलेमा जन्मिएका चन्द्रकुमार घिमिरेलाई मुख्य सचिव बनाउने तयारी भएको बुझिएको छ । मुख्यसचिव रेग्मीलाई कार्यकाल छँदै राजीनामा दिन लगाएर संयुक्त राज्य अमेरिकाको राजदूत बनाएर पठाउने तयारी गरिएपनि मुख्यसचिव बनाउने उपयुक्त सचिव नभएपछि यो तयारी रोकिएको थियो ।
भोजपुरमा जन्मिएका घिमिरेले मुलुकको प्रशासनिक संयन्त्रको संयुक्त नेतृत्व पाउने निश्चित भएको बालुवाटारको सचिवालयको तयारी छ । आफूभन्दा सिनियर सचिवहरूको अवकाश भइसक्ने भएका कारण उनी मुख्य सचिवका एक मात्र दाबेदार भएका हुन् । धरान उपमहानगरपालिकाका स्थायी बासिन्दा घिमिरे हाल ‘महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हुन् ।
सुशील कोइराला प्रधानमन्त्री हुँदा २०७२ सालमा सचिवमा बढुवा भएका घिमिरेका सहकर्मी सचिवहरू महेन्द्रमान गुरूङ, शंकर कोइराला र शशिशेखर श्रेष्ठले ५८ वर्षे उमेर हदका कारण अवकाश पाइसकेका छन् । सार्वजनिक प्रशासनमा स्नातकोत्तर गर्दा गोल्ड मेडल जितेका घिमिरेले उद्योग मन्त्रालय, जिल्ला विकास समिति सुनसरीको स्थानीय विकास अधिकारी, कलकत्तास्थित नेपालको महावाणिज्यदूत, प्रधानमन्त्री कार्यालयको उपसचिव भएर काम गरेका छन् ।
काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...
काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...
काठमाडौँ । संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...