
काठमाडौ । नेपाली कांग्रेस प्रदेश नं ५ संसदीय दलका नेता वलदेव शर्मा पोखरेलको गत साता माघ ६ गते रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १४, खैरियास्थित निवासमा निधन भएको थियो ।
विगत एक वर्षदेखि क्यान्सर रोगबाट पीडित पोखरेलको १९९४ साल माघ १९ गते प्यूठान जिल्लाको तुसारा गाविस हालको झिमरुक गाउँपालिकामा जन्म भएको थियो ।
२०१३ सालमा नेपाल छात्र संघबाट जयन्तु संस्कृतम नारा सहित राजनीति प्रारम्भ गरेका स्वर्गीय पोखरेल कांग्रेसको पूर्वमहाधिवेशन प्रतिनिधि, पूर्वमहासमिति सदस्य तथा २०२६ देखि २०३७ सम्म नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीको सचिव समेत भएका थिए ।
नेपालमा प्रजातन्त्र स्थापनाका क्रममा उहाँले जेल जीवन समेत व्यतित गरेका पोखरेल २०७४ सालको आम निर्वाचनमा प्रदेश नं ५ मा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नेपाली कांग्रेसको तर्फबाट सांसद पदमा निर्वाचित भएका थिए । पोखरेलले ज्येष्ठ सदस्यका हैसियतले प्रदेश नं. ५ को सभामुखको जिम्मेवारी समेत सम्हालेका थिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वलदेव शर्मा पोखरेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पोखरेलको निधनको खबरले आफूलाई स्तब्ध र दुःखीत बनाएको बताएका छन् । पोखरेलले नेपाली कांग्रेसको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको र उनको निधनबाट पार्र्टीले एक कुशल नेतृत्व एवम् संगठनकर्तालाई गुमाएको वताएका छन् ।
काठमाडौं : सरकारले ९ वटा विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले...
विराटनगर : कोशी प्रदेश सरकारले सुनसरीको देवानगन्जमा भएको घटनाका मृतकका परिवारलाई दुई लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।...
काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्त पदका लागि सिफारिस गरिएका तीनै जनाको नाम सर्वसम्मत रूपमा...