काभ्रे । पाँचखालस्थित पलान्चोक भगवतीको पूजा गरेर राष्ट्रपति रामचन्द्र पौडेलले काभ्रेबाट फर्किएका छन् ।
महाअष्टमीको दिन बिहानै श्रीमती सवितासँगै पाँचखाल पुगेका उनले पलान्चोकसहित नव दुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गरेका थिए ।
पाँचखाल नगरपालिका–९ बुच्चाकोटस्थित पलाञ्चोक भगवतीको मन्दिर सबैभन्दा पुरानो मन्दिर हाे ।
पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार ६५५ वर्ष पहिले अर्थात् ईस्वी संवत् ४२५ सालमा निर्माण भएको हो ।
पलाञ्चोक भगवतीलाई भगवतीको जेठी दिदीको रुपमा समेत ग्रन्थमा उल्यख छ ।



विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...