सिरहा । लहान नगरपालिकाका-४ स्थित एक बोर्डिङले बन्धक बनाएका विद्यार्थीको प्रहरीले उद्धार गरेको छ ।
कक्षा १ मा अध्ययनरत सचिन रामलाई पाराडाइज एकेडेमीका सञ्चालकसमेत रहेका प्रिन्सिपल राकेश गुप्ताले दसैँमा फी नबुझाएको भन्दै घरमा थुनेर राखेका थिए ।
छोरा सचिनलाई स्कूलले बन्धक बनाएको थाहा पाएपछि उनका बुवा दीपेन्द्रले उद्धार गरिदिन प्रहरी कार्यालय लहानलाई गुहारे ।
प्रहरीमा मौखीक उजुरी दिए पछि त्यहाँका डीएसपी भोला भट्ट आफैँ विद्यालय पुगेर आज बालकको उद्धार गरेकाे प्रहरीले जनाएको छ ।
प्रहरीले बोर्डिङ सञ्चालक राकेश गुप्तासहित तीनजनालाई पक्राउ गरेकाे छ । डीएसपी भट्टले विद्यार्थीलाई उद्धार गरेको र अनुसन्धानका लागि तीनजनालाई कार्यालयमा ल्याएको बताए ।
तर, बोर्डिङ सञ्चालक गुप्ता पक्राउ परेलगत्तै निजी विद्यालयका सञ्चालकहरूले छुटाउनका लागि प्रहरीलाई दबाब दिइरहेका छन् ।
यस्ता संचालकलाई हदै सम्मकाे कारबाही गर्न स्थानीयले माग गरेका छन् ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...