नेविसंघको अध्यक्षमा ढुंगानाः भागवण्डा मिलेपछि पद बाँडफाँड – Naya Bikalpa
July 27, 2026, Monday      Epaper

नेविसंघको अध्यक्षमा ढुंगानाः भागवण्डा मिलेपछि पद बाँडफाँड

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको सवैभन्दा शक्तिशाली भातृ संस्था नेपाल विद्यार्थी संघमा विधानले तोकेको उमेर हदभन्दा १८ वर्ष बढी उमेर पुगेका राजिव ढुंगानालाई अध्यक्षमा नियुक्त गरेको छ ।

पार्टीले ६ महिना भित्र नेविसंघको १२औं महाधिवेशन गर्ने जिम्मेवारी तोकेर संघको केन्द्रीय तदर्थ कार्यसमिति गठन गरेको हो । सभापति देउवाको निर्देशनमा पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले महामन्त्रीमा नेविसंघ काठमाडौंका अध्यक्ष मनोज बैद्य र पाल्पाकी महेश्वरी कुँवरलाई मनोनयन गरेका छन् ।

२०७५ साल माघ २९ गते नेविसंघका तत्कालिन अध्यक्ष नैनसिंह महरले पार्टी सभापति देउवाको दबाबमा राजिनामा दिएपछि नेविसंघ झण्डै एक वर्षदेखि नेतृत्वविहीन थियो ।

नेविसंघको विधानमा ३२ वर्ष उमेर नकाटेको विद्यार्थीले मात्र नेविसंघको सदस्यता लिन पाउने छन् । तर, सभापति देउवाले विधान विपरित झण्डै १८ वर्ष बढी अर्थात ५० वर्षिय सुनसरीका राजिव ढुंगानालाई शीर्ष नेताको सहमतिमा भन्दै अध्यक्ष बनाएका हुन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य तथा नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले जोरबलमा अध्यक्ष भएका ढुंगाना शर्मा अध्यक्ष हुँदा केन्द्रीय सदस्य थिए भने प्रदीप पौडेल अध्यक्ष हुँदा उपाध्यक्ष थिए ।

ढुंगानालाई अध्यक्ष बनाएर आफू निकटका विद्यार्थी नेता तथा नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेलाई चिढ्याएको भन्दै सभापति देउवासँग चिढिएका छन् ।
यता नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंहले मनोज बैद्यलाई महामन्त्री बनाएकोमा रुष्ट भएका छन् । काठमाडौं नेविसंघ अध्यक्ष बैद्य पदमा निर्वाचित हुँदा पूर्वमहामन्त्री सिंहको समूहमा थिए । विधानमा महामन्त्री दुई जना मात्र हुने व्यवस्था छ । तर, सभापति देउवाले धेरै नेताका आकांक्षीलाई खुसी बनाउने उदेश्यले ९ जना महामन्त्रीको बनाउने सहमति गरेका थिए । जसअनुसार देउवाले तीन जना, पौडेलाई ३ जना, सिटौलालाई दुई र उपसभापति विजयकुमार गच्छदार समूहकालाई एक गरी ९ जना महामन्त्री बनाउने सहमति भएको थियो ।

संस्थापन पक्षबाट महामन्त्रीको आकांक्षीमा शुभराम बस्नेत, संजय यादव, डुुजाङ शेर्पा, मनिष सिजापति, प्रेमराज जोशी, पुष्पबहादुर शाही लगायत रहेका छन् । कुँवर र बैद्य महामन्त्रीमा नियुक्त भइसकेका छन् । अव सभापति देउवाको भागमा एक जना मात्र महामन्त्रीको कोटा छ । यस्तो अवस्थामा बस्नेत, यादव, शेर्पा, सिजापति, जोशी र शाहीमध्ये कसलाई महामन्त्रीमा ल्याउने भन्ने विषयमा संस्थापन पक्षका नेताहरुबीच नै विवाद उत्पन्न भएको छ ।

संस्थापनइत्तरका नेता प्रकाशमान सिंह गुटका विद्यार्थी बैद्यलाई महामन्त्री बनाएपछि शंकरदेव क्याम्पसका शुभराम बस्नेतले महामन्त्री नखाने अडान लिएका छन् । उपसभापति निधि निकटका यादव, सहमहामन्त्री डा. प्रकाशशरण महत निकटका जोशी र सभापति देउवापत्नी आरजु राणा निकटका शाही महामन्त्री नदिने बिद्रोह गर्ने पक्षमा देखिएका छन् । निवर्तमान महामन्त्री तथा निधि निकटका नेता सरोज थापाले भने सामाजिक संजालबाटै नेविसंघ तदर्थ समितिलाई सकुनी, अर्जुन र कृष्णको षड्यन्त्र भनेर टिप्पणी गरिसकेको छन् ।

सिटौला पक्षमा महामन्त्रीमा खासै विवाद देखिदैन तर संस्थापन र पौडेल समुहमा आकांक्षीको व्यवस्थापनमा कठिन देखिएको छ । केन्द्रीय कार्यसमितिको वैठकले नेविसंघको नयाँ केन्द्रीय समिति घोषणा गर्ने योजना बमोजिम सबै पदाधिकारी र सदस्यको नाम नेता पौडेल र सिटौलाले उपलब्ध गराएका छ्रैनन् । काठमाडौं नेविसंघका अध्यक्ष समेत रहेका बैद्य हाले पौडेल समूहका नेता प्रकाशमान सिंहको गुट परित्याग गरी संस्थापन पक्षमा गएका थिए भने शेर्पा सिटौला समूह छाडेर झण्डै १० महिनाअघि संस्थापन पक्षतिर लागेका थिए ।

यता पौडेल समुहबाट हिमालदत्त श्रेष्ठ, विष्णु पौडेल, दीपक भट्टराई, मनहरी श्रेष्ठ, मोति भण्डारी, युपी लामिछाने, लिला वल्लव दाहाल, विनयराम भट्ट, उर्मिला थपलिया, सागर परियार, निलकण्ठ रिजाल महामन्त्रीमा दाबी गरेका छन् । निष्कलंक क्षवि बनाएका इमान्दार र भलाद्मी भनेर चिनिएका रिजाल गुटमा नगरेको भन्दै गृह जिल्ला धादिङ लागेको भन्दै ढुंगाना अध्यक्ष घोषणा भएको दिन विहीबार सामाजिक संजाल फेसवुकमा प्रतिक्रिया जनाएका थिए । सिटौला पक्षबाट युवराज पाण्डे र वलदेव तिमल्सिना महामन्त्री हुने लगभग पक्का भएको छ ।

संस्थापन र पौडेल समुहमा ३÷३ जनाको नाममा सहमति जुटाउन नेताहरुलाई फलामको चिउरा जस्तै भएको छ । संस्थापन पक्ष र पौडेल समूहमा रहेका उपगुट र प्रभावशाली नेताका कारण पदाधिकारीमा दाबी गर्नेको संख्या बढी भएको हो । संस्थापन पक्षले सहमतिको नाममा सबै विद्यार्थीलाई खुसी पार्ने रणनीति अपनाउन थालेको छ । पौडेल पक्षमा भने नेतै पिच्छेका महामन्त्रीका आकांक्षी देखिएपछि नाम छान्न सकस परेको बोहोराटार स्रोतले जनायो ।

नेविसंघमा अध्यक्षपछि प्रभावशाली पदको रुपमा रहेको महामन्त्रीमा धेरैले आकांक्षा देखाएका छन् । यसरी महामन्त्रीको दाबी गर्नेहरुमा केही आंसिक प्राध्यापकहरु समेत रहेका छन् । नेविसंघमा पौडेल पक्ष नै सधै हावी हुने गरेको आकांक्षीहरुलाई व्यवस्थापन गर्न गाह्रो देखिएको स्रोतले जनायो । पौडेल समूहबाट दावी गरिरहेका दीपक भट्टराई र विनयराम भट्ट त्रिचन्द्र क्याम्पसवाटै राजनिति गरी हाल सोहि क्याम्पसका आंशिक प्रध्यापन समेत गर्छन । उनीहरुसँगै अन्य आकांक्षीहरू हाल कलेजको विद्यार्थि रहेका र ४० वर्ष उमेर कटेका बढी छन् ।

सम्बन्धित समाचार

सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
  • २०७६ माघ २०, ०७: १३

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
  • २०७६ माघ २०, ०७: १३

काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...

सुनसरी घटना : सिडिओसहित सुरक्षा अधिकारीहरूलाई गृह मन्त्रालयले फिर्ता बोलायो
सुनसरी घटना : सिडिओसहित सुरक्षा अधिकारीहरूलाई गृह मन्त्रालयले फिर्ता बोलायो
  • २०७६ माघ २०, ०७: १३

काठमाडौं : गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता...