
काठमाडौं । वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको माघ २२ गते निधन भएको छ । नेपाल टेलिभिजनको स्थापनाकालदेखि लामो समयसम्म समाचारवाचक र कार्यक्रम प्रस्तोताको रुपमा कार्य गर्नु भएका स्वर्गीय शर्मा सोही टेलिभिजनको महाप्रबन्धक समेत भएका थिए । शर्माले शुरु गरेको विश्वघटना नामक कार्यक्रम अत्यन्त चर्चित र लोकप्रीय कार्यक्रमको रुपमा रहेको थियो ।
इलाममा जन्मिएका दुर्गानाथ शर्माले पत्रकारिताको प्रारम्भ छापा माध्यमबाट गरेका थिए । उनले शुरुआतमा गोरखा पत्र दैनिकममा काम गरेका थिए । त्यसको केही समयपछि उनी रेडियो नेपालको समाचारबाचक र समाचार सम्पादनको जिम्मेवारीमा समेत थिए । नेपाल टेलिभिजन स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका शर्माले प्रशारण हाते किताव लगायतका एक दर्जनबढी कृतिहरु प्रकाशित पनि गरेका छन् ।
नेपाली पत्रकारिक्षा क्षेत्रका बहुआयामिक व्यक्तित्व दुर्गानाथ शर्मा उमेर हदका कारण नेपाल टेलिभिजनबाट अवकास पाएपछि केही नेसनल टेलिभिजनमा पनि काम गरे । केही समयपछि नै त्यो टिभि भन्द भएपछि शर्मा माउन्टेन टेलिभिजनमा काम गर्न थालेका थिए । उनी कुनै बेला एभेन्युज टेलिभिजनमा पनि काम गरेका थिए ।
पत्रकार शर्माको निधन प्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् । लामो अनुभवी तथा निष्ठावान पत्रकार दुर्गानाथ शर्माको निधनबाट पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै शर्माले पार्टी र आफ्नो तर्फबाट उनीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...
काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...
काठमाडौँ । संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...