
काठमाडौं । चीनको वुहान प्रान्त लगायतको क्षेत्रमा धेरै नेपाली अध्ययनको शिलशिलामा बस्ने गरेका छन् । त्यहाँ दुइ सातादेखि विद्यार्थीहरुलाई सरकारले वाहिर निस्कन समेत दिएको छैन । उनीहरुले आफूलाई चाँडै नेपाल फर्कने व्यवस्था गर्न नेपाल सरकारसँग माग गरिरेहेका छन् । तर सरकारले भने तयारी अन्तिम चरणमा पुगेको भन्नुवोहक कुनै पहल नगरेको भन्दै विद्यार्थीहरु आक्रोसित बनेका छन् ।
शुक्रबारसम्म चीनमा कोरोना भाइरसबाट २४ हजार ३ सय २४ जना संक्रमित भइसकेका छन । तीमध्ये ४ सय ९० जनाको मृत्यु भइसकेको छ । २८ सय जनाको क्रिटिकल केस छ । २३ हजार ८ सय ९० जना स्क्रिनिङका लागि आइसोलेनमा रहेको जनाईको छ । कोरोनाबाट चीनभर ४० हजार जना प्रभावित भएको अनुमान छ । तीमध्ये १५ सयदेखि तीन हजारजनासम्म मर्न सक्ने विज्ञहरु बताउँछन् । कोरोना भाइरसको उद्गम थलो भएकाले वुहानमा अहिले सार्वजनिक यातायात ठप्प छ । जनवरी २३ देखि यहाँ ‘सटडाउन भएको हो ।
गत साता मात्र स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकालले चीनको बुहान प्रान्तमा रहेका एक सय ८० जना विद्यार्थीले नेपाल आउनको लागि नाम टिपाएको र उनीहरुको स्वास्थ्य परिक्षण भएपछि मात्र नेपाल ल्याइने बताए । काठमाडौं ल्याएर पनि करिव २ साता उनीहरुलाई परिवारका सदस्यसँग भेट गर्न नदिइ सुरक्षीत राख्नु पर्ने बताएका थिए । सरकारले कोरोना संक्रमितको लागि नेपाली सेनाको शिवपुरीस्थित अधिकृत क्यडेटको तालिम केन्द्र, भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरण लगायतका स्थानलाई छनोट गरेको छ ।
विहान ८ देखि साढे १२ बजेसम्म र बेलुका केहीबेर सुपरमार्केट खुल्ने समय तोकिएको छ । बाहिर हिँड्न चाहिँ पूर्ण रुपमा बन्देज छ । नेपाल सरकारले चीनमा रहेका आफ्ना नागरिकलाई किन उद्दार गरेन ? भन्दै विद्यार्थीहरु यतिवेला प्रश्न गरिरहेका छन् ।
नेपाल फर्किन निकै इच्छुक विद्यार्थीहरुर आतुर भएकाले सरकारले नेपाल ल्याए पनि थेग्न नसक्ने भयावह अवस्था आउन नदिन सरकारसँग आग्रह गरेका छन् । नेपाल फर्कन १८० जनाले नाम बेइजिङस्थित नेपाली दुतावासमा नाम टिपाईसकेका छन् । उनीहरु मध्ये कुनै एक वा दुईमा संक्रमण रहेछ भने जापानको जस्तो अवस्था आउन सक्छ । त्यहाँ एउटा पानीजहाजमा दुई जना चिनियाँबाट फैलिएको संक्रमण ४० जनामा देखिएको थियो ।
एक वा दुईजनामा यो भाइरसको संक्रमण रहेछ भने प्लेनभित्रका सबैमा सर्न सक्छ । त्यसकारण नेपाल लैजान आइसोलेशन गाउन, ह्याण्ड ग्लोब, मास्क, हेडक्याप सहित आउनुपर्छ । नेपालमा झरिसकेपछि राख्न गतिलो तयारी गर्नुपर्छ । एयरपोर्टबाट जहाँ पुर्याइन्छ त्यो बीचमा भाइरसको संक्रमण हुनसक्ने विज्ञहरुले आशंका गरेका छन् ।
काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...
काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...
काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...