कानून व्यवसायी परिषद्मा प्रजातन्त्रवादी र प्रगतिशिलवादीको समान प्रतिनिधित्व – Naya Bikalpa
October 26, 2026, Monday      Epaper

कानून व्यवसायी परिषद्मा प्रजातन्त्रवादी र प्रगतिशिलवादीको समान प्रतिनिधित्व

काठमाडौं । नेपाल कानून व्यवसायी परिषद पार्षदको निर्वाचन शनिबार सातै प्रदेशमा सम्पन्न भएको छ । माघ २५ गते शनिवार भएको नेपाल कानुन ब्यबसायी परिषदको नर्वाचनमा लोकतन्त्रबादी समुह र प्रगतिशिल समूहले समान सिटमा विजय हासिल गरेका छन् ।

लोकतान्त्रिक समूहले प्रदेश न २ बाट अधिवक्ता श्यामकुमार मिश्रलाई, गण्डकी प्रदेशबाट अधिवक्ता मुकुन्दराज अर्याललाई र प्रदेश न ५बाट अधिवक्ता बाबुराम पान्डेलाई निर्वाचित गर्न सफल भएको छ । डेमोक्रेटिक लयर्स एसोसिएनले सातै प्रदेशबाट उम्मेदावर उठाएको थियो । एसोसिएसनलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको शुभेच्छुक संस्था मानिन्छ ।

उता सत्तारुढ नेकपा निकटको प्रगतिशिल समूहले भने चार प्रदेशमा आफ्ना उम्मेदवारलाई विजयी गराउन सफल भएको छ । नेपाल कानून व्यवसायी संगठनबाट प्रदेश न १ मा अधिवक्ता प्रेमप्रसाद पोखरेल, बागमती प्रदेशबाट वरिष्ठअधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, कर्णाली प्रदेशबाट अधिवक्ता रामबाबु वि.सि. र सुदूरपश्चिम प्रदेशबाट अधिवक्ता प्रकाशबहादुर पाण्डेय निर्वाचित भएका छन् ।

परिषदको बाग्मती प्रदेश पार्षद पदमा बृहतलोकतान्त्रिक कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता तथा प्राध्यापक गुणनिधि न्यौपानेले उम्मेदवारी दिए पनि उनी ज्ञवलीसँग पराजित भएका हुन् । २०५६ मै नेपालप्राध्यापक संघका महासचिवको जिम्मेवारी पूरा गरेका न्यौपानेले प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष भएर काम गरी सकेका थिए । परिषद्मा उनले जित्ने आंकलन गरिएको थियो । त्रिभुवन विश्वविद्यालयको रेक्टरको पदावधि सकिएपछि उनी अध्यापनमै फर्किएका थिए ।

सम्बन्धित समाचार

यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान
यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान
  • २०७६ माघ २८, ०६: ३७

काठमाडौं : नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ । विभागका मौसमविद्...

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार हुने
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार हुने
  • २०७६ माघ २८, ०६: ३७

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ ।...

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु
  • २०७६ माघ २८, ०६: ३७

रसुवा : नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया...