
काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी संघको अध्यक्ष, उपाध्यक्ष र महासचिवमा १० जनालाई चयन गरे पनि वाँकी पदाधिकराी र केन्द्रीय सदस्य पदमा कसैलाई पनि नियुक्त गर्न सकेको छैन । पार्टीले आफै बनाएको बिधान विपरित १ अध्यक्ष, २ उपाध्यक्ष र ७ महामन्त्री सबै ३२ वर्ष उमेर कटेकालाई नियुक्ति गरेपछि असन्तुष्टि पनि त्यतिकै चुलिएर गएको छ ।
नेविसंघका नियुक्तिको लागि सभापति देउवाले पार्टी नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहको सिफारिसमा १० जना पदाधिकारी नियुक्त गरेका छन् । नियुक्ति पाएका सबै पदाधिकारी ३२ वर्ष उमेर कटेका भएपछि नेविसंघका पूर्वनेताहरुले समेत असन्तुष्टि जनाएका छन् ।
अध्यक्षमा नियुक्त राजिव ढुंगाना उमेरले ५० कटेका हुन । उनले अध्ययन छाडेको दुई दशक भइसकेको छ । उनी सुनसरी कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन भने काठमाडौंमा सुमेरु सेक्युरिटिजको संचालक समिति सदस्य पनि हुन् । उपसभापतिमा नियुक्त झापाकी तुलसा पन्त उमेर ४२ वर्ष भन्दा माथि हो । उनी विगतमा पद्म कन्या क्याम्पसमा अध्ययन गर्थिन । विद्यार्थी जीवनबाट अवकास पाएकी पन्त होस्टल संचालन गरेर बस्छिन् ।
अर्का उपसभापति मुक्तिराज पौडेल ३७ वर्षका भए । तीन वर्षअघि नेविसंघ केन्द्रीय महाधिवेशनमा पदाधिकारीमा उम्मेदवार भएर पराजित भएपछि क्यानाडा बस्दै आएका थिए । भैरहवामा पढाए सकाएका पौडेल पनि विद्यार्थी जीवनबाट अवकास लिएर बुटवल हस्पिटल प्रालिको प्रवन्ध निर्देशक भएर व्यवसाय गरिरहेका छन् । नेविसंघको महामन्त्रीमा नियुक्त बलदेव तिम्सिना पशुपति बहुमुखी क्याम्पसमा अध्ययन छोडेको झण्डै एक दशक भयो । ४१ वर्ष उमेर कटेका तिम्सिना कांग्रेस सिन्धुपाल्चोकको नेता र पार्टीको महाधिवेशन प्रतिनिधि हुन । स्वायाङ्जाका युवराज पाण्डे उमेरले ४० वर्षको भए, उनी विगतमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्ययन गर्दथे । पाण्डे स्याङ्जामा पार्टी राजनीति गर्छन ।
नेविसंघको ११ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवार बनी पराजित भएका दिपक भट्टराई विगतमा त्रिचन्द्र कलेजमा अध्ययन गर्दथे । हाल त्रिचन्द्र कलेजमै अध्यापन गराइरहेका भट्टराई ४१ वर्षका भए । नेविसंघमा दुई दशकदेखि क्रियाशिल उर्मिला थपलिया उमेरले ३९ वर्षकी भइन । डेढ दशकअघि नेपाल विश्वभाषा क्याम्पसमा अध्ययन गरेकी थिइन् । उनी पनि धादिङबाट कांग्रेसको राजनीतिमा क्रियाशिल छन् ।
कांग्रेसको मकवानपुर जिल्ला कार्यसमितिको सभापतिमा २०७२ मा उम्मेदवार बनी पराजित भएका ५० वर्षीय प्रभातकुमार दाहाल महामन्त्रीमा नियुक्त भएका छन् । उनले विद्यार्थी जीवनबाट अवकास लिएको दुई दशक वितिसकेको छ । क वर्गको निर्माण व्यवसाय संचालन गरेर बसेका दाहाल कांग्रेसको जिल्ला राजनीतिमा व्यस्त भएकै बेला पार्टीको असन्तुष्ट नेता प्रकाशमान सिंहको कोटामा महामन्त्रीमा सिफारिस भएका हुन् ।
३४ वर्ष मात्र उमेर पुगेका र भर्खरै मात्र पशुपति बहुमुखी क्याम्पसमा अध्ययन छाडेका नेविसंघ काठमाडौंको अध्यक्ष भइरहेको बेला मनोज बैद्य महामन्त्री बन्ने भाग्यमानी बने । उनी सभापति शेरबहादुर देउवावको रोजाईमा महामन्त्री हुन पाएका हुन् । महामन्त्रीमा देउवाले नियुक्त गरेका पाल्पाकी महेश्वरी कुँवर उमेरले ३४ मात्र हुन् । कुँवर पार्टीका सबै नेतासँग सु सम्वन्ध भएकी विद्यार्थी नेतृ हुन् । कुँवर हाल पनि पद्म कन्या क्याम्पसकी विद्यार्थी हुन् ।
नेविसंघको बिधानमा अध्यक्षवाहेक महामन्त्री दुई जना हुने व्यवस्था छ । तर शीर्ष नेताहरुको सहमति भन्दै महामन्त्रीमा ९ जना र उपाध्यक्ष तथा सहमहामन्त्रीमा ६÷६ जना नियुक्त गर्ने तयारी हुँदैछ । नेविसंघमा देउवाले २ महामन्त्री, २ उपसभापति र २ सहमहामन्त्री सिफारिस गर्न वाँकी छ भने पौडेल पक्षले २ उपसभापति र सिटौलाले २ सहमहामन्त्रीकाको नाम सिफारिस गर्न वाँकी छ । केन्द्रीय सदस्यहरुको नामावली भने नेताहरुले अझै बुझाएका छैनन ।
महर नेतृत्वको केन्द्रीय समितिले २० भन्दा बढी जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ । ति अधिवेशनमा ३२ वर्ष उमेर नकटेकाले मात्र नेविसंघको सदस्यता पाएका थिए भने अधिवेशनमा भाग लिने पनि ३२ वर्ष मुनीकै थिए । विधान बमोजिम पार्टीले पदाधिकारीमा नियुक्त अध्यक्ष, उपाध्यक्ष र महामन्त्री कसैले पनि नेविसंघको सदस्यता लिन पाउँदैनन् ।
पदाधिकारी पाउने आशाले नेताको गुटका पछि लागेका विद्यार्थी नेताहरुमा यतिवेला असन्तुष्टी जाग्न थालेको छ । पछिल्लो चरणमा पार्टीका शीर्ष नेताहरुले सहमतिको नाममा नेविसंघको विधान विपरित ३२ वर्ष उमेर कटेकालाई केन्द्रीय तदर्थ समिति गठन भएको भन्दै निवर्तमान महामन्त्री कुन्दन काफ्ले सबैभन्द्र बढी रुष्ट भएका छन् ।
उता, शंकरदेव क्याम्पसका प्रभावशाली नेता शुभराम बस्नेतले पनि आफूलाई महामन्त्री बनाउने भनेर पछि मनोज बैद्यलाई बनाएको भन्दै रुष्ट बनेका छन् । निवर्तमान महामन्त्री तथा देउवा समूह निकटका सरोज थापा पनि अध्यक्ष वा महामन्त्रीको बलियो दाबेदार थिए ।
पुष्पबहादुर शाहीले पनि महामन्त्री ताकेका थिए भने प्रेमराज जोशी पनि महामन्त्रीको दौडमा थिए । तर, एक पछि अर्को गर्दै आफू नपेपछि विद्यार्थी नेताहरु निरास बन्न थालेका छन् । भर्खरै सिटौा गुट छाडेर देवा गुटमा गएका डुजाङ लामा पनि महामन्त्री पाउने आशामा गएका थिए । तर, उनी यतिवेला निरास भएका छन् ।
पौडेल समूहमा हिमाल श्रेष्ठ, निलकण्ठ रिजाल, अनिल खनाल, लगायतले महामन्त्रीको दाबी गरेका थिए । तर उनीहरु कोही पनि पर्ने सम्भावना नभएपछि नेविसंघाट टाढिन थालेका छन् ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...