
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला नेतृत्वको टोलीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथसँग भेट गरी करिव एक घण्टा गोप्य वार्ता गरेका थिए । इण्डिया फाउण्डेसन दिल्ली र नीति अनुसन्धान प्रतिष्ठान नेपालको आयोजनामा लखनउमा हुने एक कार्यक्रममा भाग लिन गएका डा. कोइरालासहितको टोलीले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्य नाथलाई बुधवार बेलुकी मुख्यमन्त्रीको सरकारी निवास लखनउमा भेटेको हो ।
कांग्रेस नेता डा. मिनेन्द्रप्रसाद रिजाललाई लिएर लखनउ गएका डा. शशांकलाई उत्तरप्रदेशका मुख्यमन्त्री आदित्य नाथले दोसल्ला ओडाई उपहारसमेत दिएका थिए । भारतका लागि नेपालका पूर्वराजदुत दीपकुमार उपाध्यायसमेत आदित्य नाथलाई भेट्न गएको स्रोतले जनायो ।
नेपाली कांग्रेसभित्र हिन्दु राज्यको पक्षमा वकालत गर्दै आएका डा. कोइरालासहितको टोलीले भारतको कट्टर हिन्दुवादी दल जनता पार्टीका नेता तथा उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्य नाथसँग एक घण्टासम्म छुट्टै भेट गर्नुलाई धेरैले रहस्यपूर्ण रुपले हेरेका छन् ।
नेपाली मूलका भारतीय नागरिक योगी आदित्य नाथ भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका एक शक्तिशाली नेताको रुपमा स्थापित छन् । ध्यान, जप, तपस्या र योगमा विश्वास गर्ने योगी नेपाललाई हिन्दु हिमाली राज्यको रुपमा स्थापित भएको देख्न चाहेको भनी जनाउँदै आएका छन् । पछिल्लो समय नेपालका राजनीतिक दलका नेताहरुको सम्बन्ध भारतको दिल्लीसँग भन्दा नेपालसँग सीमा जोडिएको उत्तरप्रदेशका मुख्यमन्त्रीसँग बढी भेटघाट हुन थालेका छ ।
नेपाल इण्डिया चेम्वर अफ कमर्श एण्ड इण्डस्ट्रिजको सहआयोजनामा शुरु हुने ‘दोश्रो भारत नेपाल द्विपक्षीय संवाद’ कार्यक्रममा अतिथिको रुपमा कोइरालालाई बोलाइएको थियो । दुई दिने सो कार्याशालामा कांग्रेस नेता तथा पूर्वमन्त्री उपाध्यायले समेत कार्यपत्र पेश गरेका थिए । विहीबार कार्यक्रमको अतिथिको रुपमा डा. कोइराला र उत्तरप्रदेशका मुख्यमन्त्री आदित्य नाथले सम्बोधन गरेका थिए । कांग्रेसको १४ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री डा. कोइरालाको भारतस्थित उत्तरप्रदेशको भ्रमणलाई कांग्रेसभित्र निकै महत्वपूर्ण मानिएको छ । आदित्यनाथसँगको भेटपछि महामन्त्री डा. कोइराला नयाँ दिल्लीतर्फ गएका थिए ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...
काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...