दाहालको भनाइप्रति कांग्रेसको आपत्ति, बाबुरामले समेत पत्याएनन् – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

दाहालको भनाइप्रति कांग्रेसको आपत्ति, बाबुरामले समेत पत्याएनन्

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसै साता एक कार्यक्रममा नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको भनाईलाई उदृत गर्दै दिएको विवादास्पद भनाईलाई लिएर सर्वत्र आलोचना र टिप्पणी भएको छ ।

तत्कालिन माओवादीले सशस्त्र विद्रोह शुरु गरेको पहिलो दिन फागुन १ गतेको सन्दर्भमा दाहालले हिंसा भड्काउन गिरिजाप्रसाद कोइरालाले नै भन्ने गरेको दाबी गरेका थिए ।

माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपुर्ण अवतरण गराउन निर्णायक भूमिका खेलेका शान्तिका नायक स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भुमिकालाई अर्थहीन ढंगले विवादित बनाउने गरी दाहालले गरेको प्रयत्न अराजनीतिक र आपत्तिजनक समेत रहेको कांग्रेसले ठहर गरेको छ ।

‘फौजी आक्रमण अलि बढाइ दिनुप¥यो र सदरमुकाम हान्नुप¥यो भनेर गिरिजाप्रसाद कोइरालाले हामीलाई भन्ने गर्नुहुन्थ्यो’ भनी दाहालले अभिव्यक्ति दिएका थिए । यदि त्यो संवादको कुरा कोइराला जिवित छँदै दाहालले नभनेर निधन भएका व्यक्तिको छविलाई धमिलो बनाउने उदेश्यले ऐतिहासिक तथ्यलाई तोडमोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैह्रजिम्मेवार अभिव्यक्ति आउनु दुःखद् भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले वताए ।

माओवादीको हिंसात्मक आक्रमणबाट मुलुकलाई मुक्त गर्न कोइरालाले सहमति, सहकार्य र एकताको राजनीति अघि सार्दै हिंसाको राजनीतिलाई सुरक्षित अवतरण गराउन सफल ढंगले संयोजन र नेतृत्व गरेका कोइरालालाई हिंसात्मक आक्रमणका लागि प्रेरित गरेको भनेर दाहालले दिएको अभिव्यक्तिको सर्वत्र निन्दा पनि भएको छ । कोइरालाले तत्कालिन हिंसात्मक घटनाको बेलामा राज्य वा विद्रोही पक्ष जुन पक्षबाट जो मारिएको भएपनि एक नेपालीको ज्यान जानु हुदैन भनेर अहिंसात्मक लाईन लिएका थिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले कोइरालाले भनेको भन्दै दिएको अभिव्यक्ति सफेद झुट भएको पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बताएका छन् । भट्टराईले ‘सशस्त्र जनयुद्ध’को समयमा कांग्रेसका तत्कालिन सभापति कोइरालाले सदरमुकाममा आक्रमण गर्न भनेर कहिल्यै नभनेको बताए ।

शुक्रबार संसद भवन परिषरमा संचारकर्मीसँग बोल्दै तत्कालिन विद्रोही माओवादीका नेता भट्टराईले २०६२ सालको मंसिर ७ मा भएको १२ बुँदे समझदारी अनुसार आफूहरुले फौजी शक्तिलाई गाउँमा र संसदवादी दलले शान्तिपूर्ण आन्दोलनलाई शहरी क्षेत्र र सदरमुकाममा सशक्त बनाउने सहमति बमोजिम आ–आफ्नो क्षेत्रबाट शक्ति प्रदर्शन मात्र गरेको बताए ।

भट्टराईले ‘दाहाल सानो कुरालाई बढाई चढाइ गरिदिने र उत्तेजना फैल्याउने स्वभावको मान्छे भएको भन्दै क्रान्ति शुरु गर्दा कोइराला र कांग्रेससँग आफूहरुको तिब्र अन्तरविरोध र संघर्ष नै रहेको’ बताए । आफूहरुले जनयुद्ध शुरु गर्दा कांग्रेस सरकारमा भएकाले गिरिजाप्रसाद कोइरालाको सुझाव वा भनाई नै तत्कालिन माओवादीले कार्यान्वयन गर्दथ्यो भन्नु सफेद झुटो हो ।

भट्टराईले १२ बुँदे समझदारीपछि २०६२ साल माघमा तत्कालिन राजा ज्ञानेन्द्रले नगरपालिका चुनावको घोषणा गरेपछि पुसको अन्तिम तिर आन्दोलनलाई उचाईमा पु¥याउन माओवादीले युद्धविराम गरेका बेला कोइरालाले दबाब वढाउनु प¥यो भनेको बताए । उनले गिरिजाबाबुले भने पछि नै आफूहरुले फेरी युद्धविराम भंग गरेको र अलिकति गतिविधि बढाइ दिनु प¥यो भनेर एक पटक भनेको स्वीकारे । पुरै जनयुद्ध भरी नै गिरिजाप्रसादले भने झैं गरी फौजी कारबाही गर्न वा सदरमुकाम हान्न उहाँले नभनेको भट्टराईले बताए ।

कांग्रेस नेता प्रकाशमान सिंहले गिरिजाप्रसाद कोइराला जिउँदो हुँदा केही नबोल्ने तर उहाँ बितिसकेपछि टिप्पणी गरेको कुरा कसैले नपत्याउने बताए । उनले प्रमाण नभएको र कसैले नपत्याउने कुरा गरेर नेकपाका नेताले कांग्रेस नेताको मानमर्दन गरेको आरोप लगाए ।
पूर्वउपप्रधानमन्त्री तथा गिरिजाप्रसाद कोइरालाकी सुपुत्री सुजाता कोइरालाले समेत दाहालको भनाईको खण्डन गरेकी छन् । उनले दाहालको भनाई कपोलकल्पित, भ्रामक र असत्य भएको दाबी गरेकी छन् ।

सम्बन्धित समाचार

टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
  • २०७६ फाल्गुन ६, ०९: ४२

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...

असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
  • २०७६ फाल्गुन ६, ०९: ४२

काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...

पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
  • २०७६ फाल्गुन ६, ०९: ४२

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...