
माथि लेखिएको नारा निवर्तमान सञ्चारमन्त्री गाकुल प्रसाद बाँस्कोटाको सचिवालयमा लेखिएको यो नारासँगै राष्ट्रियसभामा दुई दिन अगाडि बोल्दा पनि भ्रष्टाचार हुन दिन्न । भ्रष्टाचार गर्नेलाई छोडिन्न, भनेर भाषण दिएका मन्त्री गोकुल प्रसाद बाँस्कोटाको भनाई यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जब सेक्युरिटी प्रेस खरिद गर्दा आउने कमिसनको बारेमा अडियो टेप बाहिर आएको अठार घण्टा पनि नबित्दै राजीनामा दिन बाध्य भए मन्त्री बाँस्कोटा ।
छोटै समयमा छिटै चर्चामा आएका निवर्तमान मन्त्री गोकुल बाँस्कोटाका बारेमा जनमानसमा समेत निकै ठुलो आत्रोस पैदा भइरहेको छ । यतिबेला निवर्तमान गोकुल बाँस्कोटालाई सडक–सडकबाट जनताले नियालिरहेका छन् । माथि लेखिएका शब्दले साच्चैनै सार्थकता पाएको भए यो देशमा एउटा पत्रकारिता क्षेत्रबाट गएका व्यक्तिको राजनीतिक भविष्य उज्वल नै रहन सक्थ्यो । तथापि सञ्चार क्षेत्रका व्यक्ति सूचना तथा सञ्चारमन्त्री पाइरहँदा पनि आमसञ्चार क्षेत्रका मान्छेहरु खुशी हुन सकेनन् ।
सञ्चार क्षेत्रलाई निकै अपमानित र तुच्छ शब्दले गाली गलौजमै अधिकांश समय बिताउँदै आएका बाँस्कोटा यतिखेर सञ्चार क्षेत्रबाटै आएको एउटा अडियो रेकर्डबाट नै पदमुक्त हुनु पुगेका छन् । सञ्चार सम्बन्धी ऐन, कानुन निर्माण गर्नेदेखि सरकारले गरेका कामकारवाहीलाई सञ्चार जगतले समर्थन नगरेको भन्दै सँधै तुच्छ वचन राख्दै आएका बाँस्कोटालाई सोही अडियोले मन्त्री पदसमेत खुस्काइदियो भने राजनीतिक भविष्य समेत अन्धकार बनाइदिएको छ ।
वर्तमान सरकारले सुशासन र भ्रष्टाचार निवारण गर्छु भनेर भट्याइरहँदा निवर्तमान मन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड र निजको पदमुक्तबाट छर्लग भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...
काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...
काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...