काठमाडौँ । शान्ति मिसन बन्द गर्ने संयुक्त राष्ट्रसङ्घको निर्णयपछि मालीमा तैनाथ नेपाली शान्ति सैनिक स्वदेश फर्किन थालेका छन् ।
बहुआयामिक एकीकृत स्थिरीकरण मिसनमा तैनाथ ईओडी गुल्म नवौँ डफ्फाका ८१ जना नेपाली शान्ति सैनिकहरू बिहीबार स्वदेश फिर्ता भएका छन् ।
प्रमुख सेनानी चित्रकुमार कार्कीको नेतृत्वमा हातहतियार तथा बन्दोबस्तीका सामग्रीहरूसहित संयुक्त राष्ट्रसङ्घको चार्टर्ड विमानद्वारा उनीहरू स्वदेश फर्किएका हुन् ।
नेपाली सेनाको कन्टिन्जेन्टमा रहेका १५६ जना एवं स्टाफ तथा पर्यवेक्षक नियुक्तिमा कार्यरतसमेत १६८ जना सकल दर्जा स्वदेश फिर्ता हुने क्रममा पहिलो टोली नेपाल आइपुगेको हो।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...