
काठमाडौ । कांग्रेससँग एकीकरण गरेको २ वर्ष ४ महिनापछि विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका कार्यकर्ताई एकीकृत गरिएको छ । पार्टीको जिल्ला कार्यसमितिको २४ जिल्लामा गच्छदारबाट आएकाले भागबण्डा पाएका छन् ।
२०७४ साल असोज २९ गते गच्छदार नेतृत्वको तत्कालिन नेपाल लोकतान्त्रिक फोरम मंगलबारदेखि कांग्रेसका विभिन्न संगठनमा भागबण्डा पाएको हो । एकीकरणको समयमा भएको सहमति बमोजिमका पदाधिकारी तथा सदस्यको नामावली गच्छदारले बुझाएपछि दुवै पार्टी एकीकरणको कार्य करिव ९५ प्रतिशत सकिएको छ । पाँच प्रतिशत एकीकरणको काम भनेको केन्द्रीय कार्यसमितिमा ११ जनाको नाम सिफारिसमा भ्रातृ तथा शुभेच्छुक सस्थामा वाँकी रहेको छ ।
सहमतिअनुसार गच्छदारबाट आएकामध्ये २ सय जनाले महासमिति सदस्य, १ सय ४८ जनाले पर्यवेक्षक, ६ सय महाधिवेशन प्रतिनिधि, २४ जिल्लामा जिल्ला कार्यसमिति पदाधिकारी र सदस्य तथा ४६ वटा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति पदाधिकारीमा गच्छदारबाट आएकाले जिम्मेवारी पाएका छन् ।
समायोजनमा परेका पदाधिकारी तथा सदस्यको नामावली सम्वन्धित जिल्लामा पठाइएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । कांग्रेसले २०७५ कात्तिक २० गते उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठन गरेको समायोजन समितिले समायोजनको मोडालिटी र सख्या निर्धारण गरेको थियो । समितिले तत्कालिन लोकतान्त्रिक फोरमलाई केन्द्रिय कार्यसमितिमा उपसभापतिसहित ११ केन्द्रीय सदस्य दिने सहमति थियो । तर, गच्छदारले अझै पनि ११ जनाको नाम बुझाएका छैनन् ।
तत्कालिन फोरम लोकतान्त्रिकले मोरङ जिल्लामा उपसभापति र सहसचिवसहित १७ जनाले जिम्मेवारी पाएका छन् । मोरङमा उपसभापति भक्तिनाथ माझी र सहसचिवमा प्रदीपकुमार विश्वासको नाम सिफारिस गरिएको छ । गच्छदारको गृह जिल्ला सुनसरीमा हरिलाल मेहता उपसभापति र देवनारायण मेहता सहसचिवसहित १३ जना र कैलालीमा विरुप्रसाद चौधरी उपसभापति र कलेशुराम चौधरी सहसचिवसहित १३ जनाले जिम्मेवारी पाएका छन् । बर्दियामा गोबिन्दप्रसाद थारु उपसभापति र महदेब चौधरी सहसचिवसहित ७ जना, सप्तरीमा प्रभुनारायण चौधरी उपसभापति र दीपक गुप्ता सहसचिवसहित ७ जना, सर्लाहीमा रामवली राय उपसभापतिसहित ८ जनाले अवसर पाएका छन् ।
दाङमा हिरालाल चौधरी उपसभापतिसहित ८ जना, पर्षामा राजकुमार गुप्ता उपसभापतिसहित ८ जना, काभ्रेमा गोविन्दबहादुर थापासहित ८ जना, झापामा देवीप्रसाद राजवंशी उपसभापतिसहित ६ जनाले जिम्मेवारी पाएका छन् । रुपन्देहीमा सरिताकुमारी चौधरी उपसभापतिसहित ६ जना, बारामा अमिरीलाल पाल राउत उपसभापतिसहित ४ जना, बाँकेमा फुलाराम थारु उपसभापतिसहित ४ जनाले जिल्ला कार्यसमितिमा जिम्मेवारी पाएका छन् ।
ओखलढुंगामा शिवकुमार खड्का सहसचिवसहित ४ जना, सिरहामा बेचन महतो सहसचिवसहित ४ जना, धनुषामा नरेश यादव सहसचिवसहित ४ जना, रौतहटमा मनोज शर्मा सहसचिवसहित ४ जना, चितवनमा राजन कार्कीसहित ४ जना, कपिलवस्तुमा रामसमुज चौधरी सहसचिवसहित ४ जनाले कांग्रेसको जिल्लास्तरिय नेताको अवसर पाएका छन् ।
कञ्चनपुरमा पुस्कल चौधरी सहसचिवसहित ४ जना, उदयपुरमा विजयकुमार सिंह सहसचिवसहित ४ जना र महोत्तरीमा ललन सिंह सहसचिवसहित ३ जना जिल्ला कार्यसमितिमा जिम्मेवारी पाएका छन भने काठमाडौं र पश्चिम नवलपरासीको हकमा आवस्यक परामर्श गरी पार्टीले निर्णय लिने जनाइएको छ ।
काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...
काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...