
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ६९औं जन्मोत्सव तेह्रथुमको आठराईस्थित ओलीको मन्मथलोमा नेपालको आकृति बनाइएको पन्ध्र केजी नक्सा अंकित राखेर केक काटेपछि देशव्यापी रुपमा आलोचना सुरु भएको छ ।
यो आलोचनालाई ढाकछोप गर्न प्रधानमन्त्रीका प्रेस सल्लाहकार वक्तव्यमार्फत अन्तर्राष्ट्रिय मान्यताअनुसार गरिएको भन्दै प्रधानमन्त्री ओलीलाई विश्वका लोकतान्त्रिक मुलुकका राष्ट्रप्रमुसँग दाँजेर सामाजिक सञ्जालमा गाली गर्लाज गर्नेलाई “पिछडिएको मानसिकताको संज्ञा दिएका छन् ।” प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शुभ जन्मोत्सव मनाउने क्रममा आठराई पुगी हजारौंको उपस्थितिमा उक्त केक काटेर आठराईवासीलाई भोजभतेर खुवाएका थिए ।
हजारौंको संख्यामा भोजभतेर गरी काठमाडौंदेखि १५औं केजीको केक यतीएअरलाईन्सबाट लगिएको चर्चाले यतिबेला मुलुकवासी चकित परेको अवस्था छ । निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाद्वारा ७० करोडको कमिसन लिनेदिने अडियो रेकर्ड सार्वजनिक भएको भोलिपल्टै सरकारका प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिन यति ठुलो तामधाम सहित मनाउँछन् भनेर नेपाली जनताले कल्पना नगरेको हुन सक्छ ।
तथापि आफ्नै पार्टीद्वारा जारी गरिएको आचारसंहिता समेतलाई उल्लंघन गर्दै गरिएको जन्मोत्सव कार्यक्रम आठराईवासीले गरे भनेर कल्पना गर्न सकिने अवस्था देखिदैन । त्यसकारण पनि राज्यको सम्पत्तिबाट जन्मथलोसम्म जाने हेलिप्याड बनाउने, हजारौंलाई भोजभतेर खुवाउने कार्य गरिरहँदा पार्टीभित्र र बाहिर निकै आलोजना भइरहेको छ । तर सरकार भने बचाऊ गर्नैपट्टि लागि परेको छ ।
काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...
काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...
काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...