काठमाडौं। भारतबाट ल्याउने भनिएका १५ वटा मुर्रा राँगा नेपाल भित्रिएका छन् । राँगाहरु आज क्वारेन्टाइन पूरा गरी नेपाल ल्याइएको हुन ।
नेपालगन्जको जमुनाहा नाकाबाट ती राँगाहरु नेपाल भित्र्याइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएकाे छ । बाँके जमुनाहा नाका हुँदै उक्त राँगाहरु नेपाल भित्रिएको महानिर्देशक डा. उमेश दाहालले बताए ।
भारतबाट प्राप्त भएका १५ वटा राँगाहरु राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखरामा ७, राष्ट्रिय पशु प्रजनन् लाहानमा ५ र नेपालगन्जमा ३ वटा राखिने भएका छन् ।
मुर्रा राँगाको जमेको वीर्यको माग पाँच वर्षमा दुई गुणा र १० वर्षमा करिब पाँच गुणा बढ्ने अनुमान गरिएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...