दुई तिहाईका प्रधानमन्त्री ओली दुई वर्षमै अलोकप्रिय – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

दुई तिहाईका प्रधानमन्त्री ओली दुई वर्षमै अलोकप्रिय

पेलेर जान खोज्दा आफ्नै राजनीति धरापमा

काठमाडौं । दुई वर्षअघि २०७४ फागुन २ गते प्रधानमन्त्रीमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्त भएका सर्वाधिक शक्तिशाली व्यत्तित्व तत्कालिन नेकपा एमालेका अध्यक्ष खड्ग प्रसाद (केपी) शर्मा ओली यतिबेला राजनीतिक जीवनमा सबैभन्दा कमजोर र निरिह देखिएका छन् । आफ्ना विरोधी, असहमत राख्ने व्यक्ति र प्रतिस्पर्धीलाई राजनीतिमा आफूमातहत राख्ने मात्र होइन किनारा नै लगाउने कार्यशैलीले उनी आफै एकपछि अर्को घटनाले गर्दा कमजोर भएका हुन् ।

२ वर्षअघि प्रधानमन्त्री बन्न ओलीले यति धेरै हतारो गरेका कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको मन्त्रिपरिषद्को बैठक सम्पन्न गरी सरकारले गरेका काम र उपलब्धीको जानकारी दिन पत्रकार सम्मेलन गर्दै थिए । तर यसअघि नै ओलीले शितलनिवासमा गएर प्रधानमन्त्रीको सपथ खाएका थिए । तत्कालिन प्रधानमन्त्री देउवाले फागुन २ गते १२ बजे प्रधानमन्त्रीबाट बिदाई हुँदै गर्दा प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा पत्रकार सम्मेलन नगर्दै उनले सपथ खाईसकेका थिए ।

तत्कालिन नेकपा एमाले संसदीय दलको बैठक बसेर संसदीय दलको नेता निर्वाचित समेत नभई, अर्को दल तत्कालिन नेकपा माओवादीले लिखित समर्थन प्राप्त नगरी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मौखिक आग्रह गरेकै आधारमा प्रधानमन्त्रीको सपथ खाएका थिए । तत्कालिन नेकपाको अध्यक्षको हैसियतले तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समर्थन पाउने वित्तिकै प्रकृया पुरा नगर्दै प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न हतारिएका ओली यतिकेला बालुवाटारमा आराम गरेर बसिरहँदा पनि टिप्पणी, आलोचना र विरोधको सामना गरिरहनु परेको छ ।

नेकपा एमाले, माओवादी, तत्कालिन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको समर्थन थियो । त्यसवेला प्रधानमन्त्री हुँदा २ तिहाइको शक्तिशाली प्रधानमन्त्री ओलीलाई एकपछि अर्को गर्दै राजनीतिक दलले मात्र होइन, आफ्नै सहकर्मीहरुले समेत साथ छाड्न थालेका छन् । ओलीको कार्यशैलीबाट उनका समवयी, प्रतिष्पर्धी र निकटकाहरु समेत चिढिन थालेका छन् ।

ओलीले सत्ताको नेतृत्व गरेपछि अवसर नपाउनेहरुले सरकारले राम्रो काम ग¥यो भनेर समर्थन गर्ने पात्र समेत पाउन छाडेका छन् । सरकारको पक्षमा सर्वाधिक वकालत गर्ने संचारमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई ७० करोडको कमिसन बार्गेनिङ गरेको अभियोग लागेसँगै पदमुक्त भएपछि प्रधानमन्त्री ओली निकै चिन्तित देखिएका छन् ।

राजनीतिमा एकपछि अर्को गर्दै आफूभन्दा सिनियरलाई पाखा लगाउन सफल ओली अहिले आएर निकै सकसमा परेका छन् । नेपाली राजनीतिमा नेल्सन मण्डेलको उपनामले चिनिएका १७ वर्ष जेल जीवन बिताएका मोहनचन्द्र अधिकारी, इतिहास र साहित्यीक नेता मोदनाथ प्रश्रित, प्रदीप नेपाललाई राजनीतिबाट निस्कृयतामा पु¥याउन, सीपी मैनाली, राधाकृष्ण मैनाली, असोक राईलाई पार्टीबाटै अलग गर्न तथा एउटै पार्टीमा भए पनि झलनाथ खनाल र अष्टलक्ष्मी शाक्यलाई अवसरबाट बञ्चित गर्न सफल ओली यतिवेला बामदेव गौतममार्फत सबै असन्तुष्ट नेताको घेराबन्दीमा परेका छन् ।

आफूलाई प्रधानमन्त्री हुँदा समर्थन गर्ने दल राजपा र तत्कालिन संघिय समाजावादी दलले यतिवेला उनको सकारलाई दिएको समर्थन फिर्ता गर्ने र सरकारबाटै अलग हुने काम गरिसकेका छन् । पार्टीमा झलनाथ खनाललाई राष्ट्रपति नदिएर थन्क्याउन सफल, वामदेव गौतमलाई संघीय संसदको निर्वाचनमै हराउन सफल भएका ओलीले तत्कालिन नेकपा एमालेका उपाध्यक्षहरु सबैलाई पाखा लगाएका थिए ।

उनले पाँच उपाध्यक्षहरु भिम रावललाई मन्त्रिपरिषद् र सचिवालयमा ल्याएनन् भने वामदेवलाई बर्दियामा हराए । अष्टलक्ष्मी शाक्यलाई प्रदेश मुख्यमन्त्री दिने आश्वासन दिएर प्रदेश सांसदमा झुलाएर हेटौंडा पूर्वमेयर डोरमणी पौडेललाई मुख्यमन्त्री बनाए । ओलीले गुण्डा नाइके दिपक मनाङ्गेलाई गण्डकी प्रदेशको सभासद बनाए तर पूर्वएमाले उपाध्यक्ष युवराज ज्ञवली त सांसद पनि बनाएनन् ।

पछिल्लो एमाले महाधिवेशनमा आफ्नै गुटबाट चुनाव लडेर महासचिव भएका इश्वर पोखरेललाई रक्षा मन्त्रालयमा थन्काएर बिष्णु पौडेललाईं माओवादीसँगको एकीकरणसँगै महासचिव बनाए । यसरी एक पछि अर्को गर्दै आफ्ना प्रतिष्पर्धीलाई पाखा लगाउने क्रममा ओलीलाई विष्णु पौडेललाई धेरै अधिकार दिएसँगै इश्वर पोखरेल असन्तुष्ट थिए ।

तर, प्रधानमन्त्री निवास समेत रहेको ललितानिवास जग्गा घोटाला प्रकरणमा महासचिव पौडेलको समेत संलग्नता देखिएपछि ओलीले पौडेलको राजनीतिलाई यथास्थितिमा राखेर ५ नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई राजनीतिमा आफ्नो उत्तराधिकारी बनाउने रणनीति अख्तियार गरेका छन् ।

ओलीले आफ्ना विरोधीलाई ठेगान लगाउने उदेश्यले माओवादीबाट आएका कृष्णबहादुर महरालाई यौनदुब्र्यवहारको अभियोगमा डाम्न सफल भएका थिए भने पौडेललाई महासचिवमै सिमित गरी असन्तुष्ट नेता माधव नेपाललाई र प्रतिष्पर्धी पुष्पकमल दाहाल प्रचण्डलाई ठेगान लगाउन वामदेव गौतमलाई उत्तराधिकारीको रुपमा अघि सारेको देखिन्छ । सरकारमा दोश्रो वरियतामा ल्याइएका ईश्वर पोखरेलले आफू र आफ्नो नेतृत्वको सरकारको बचावट गर्नमा भूमिका नखेलेको बरु यति होल्डिङ्स प्रकरणमा सरकारलाई विवादमा तानेको भन्दै ओलीले बामदेवलाई अघि सार्ने निर्णय गरेका थिए ।

तर संसदीय दलका उपनेता समेत रहेका सुभाषचन्द्र नेम्वाङ गौतमसँग असन्तुष्ट भएपछि ओलीले संगठन विभाग प्रमुखसहित पार्टीमा उपाध्यक्ष बनाइएका बामदेवलाई राष्ट्रिय सभाको सदस्य मात्र बनाउने योजनामा थिए । तर, गौतम त्योभन्दा अघि बढेर आफूलाई सांसद बनाउने हो भने मन्त्री मात्र होइन, प्रधानमन्त्री समेत बन्न पाउने गरी संविधान संशोधन गर्नु पर्ने अडानमा उभिए । तर ओली प्रतिनिधिसभाको निर्वाचनमा पराजित गौतमलाई प्रतिनिधिसभाको सोही कार्यकालमा राष्ट्रियसभाको सदस्य हुन पाउने अवस्थामा मन्त्री मात्र हुन पाउने व्यवस्था गर्न सविधानत संशोधन गर्ने योजनामा थिए ।

गौतमलाई संगठन विभाग प्रमुखदेखि उपाध्यक्ष हुँदै प्रधानमन्त्रीसम्म हुने बाटो तत्काल खोल्न ओली सहमत नभएपछि उनी हाल घेराबन्दीमा परेका हुन् । ओली आफ्नो प्रतिष्पर्धी देखेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले ओलीभन्दा गौतम उपयुक्त भन्दै गौतमलाई राष्ट्रिय सभामा लैजाने र संविधान संशोधन गरी राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था गर्न तयार भएका थिए । गौतमको यो अभियानलाई दाहाल र नेपालले मात्र होइन, अर्का पूर्वअध्यक्ष झलनाथ खनालले समेत साथ दिएका छन् ।

ओली निकटका संचार मन्त्री वाँस्कोटा कमिसनको अडियो प्रकरणमा पदमुक्त भएको, विष्णु पौडेल ललितानिवास प्रकरणमा विवादमा तानिएको, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको कार्यालयमै मदिरा पार्टी गरेपछि बद्नामी कमाएको र प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको विरूद्धमा जिल्ला अदालत काठमाडौँमा एक महिलासँग यौनदुव्र्यवहार गरेको अभियागमा मुद्धा परेको घटनाले ओलीलाई एकपछि अर्को घटनाले तनाव दिने गरेका छ ।

प्रधानमन्त्री ओलीकी पूर्व स्वकीय सचिव बालिका खड्काले राईविरुद्ध अंश मुद्दा हालेकी हुन् । खड्काले विगतमा पटक पटक यौन सम्पर्क गरेको तर मुख्यमन्त्री भएर विराटनगर बस्न थालेपछि राईले भेट्न समेत नमानेको, आफूलाई शारीरिक यातना दिएको तथा यौन दुव्र्यवहार गरी घरेलु हिंसा गरेको आरोप समेत लगाएकी छिन् । सञ्चार मन्त्री भएका बखत राईले राजधानीको गोल्फुटारमा कोठा लिई राखेको खड्काले आरोप लगाएकी छन् । आफू राईसँग ७१ सालदेखि सँगै रहेको समेत उनले दाबी गरेको छिन ।

पछिल्लो पटक प्रधानमन्त्री ओलीले फागुन ११ गते आफ्नो जन्मोत्सव मनाउने नाममा नेपालको नक्सा बनाएको केक काटेको, होलिकोप्टरको दुरुपयोग गरेको, राज्यको साधन र श्रोतको दुरुपयोग गरी हजारौंलाई भोज र भतेर ख्वाएको, मन्त्रीपरिषदका सदस्य, सरकारी कर्मचारी र प्रदेश सरकारका मन्त्रीहरुको भिँड देखाएपछि निकै बिबादमा तानिएका थिए । स्थानीय तहले ओलीको जन्मोत्सवमा सार्वजनिक बिदा समेत दिएको थियो ।

जन्मोत्सवको नाममा तेह्रथुमको आठराई इवा क्षेत्रमा हजारौं विद्यार्थीलाई स्वागतको लागि उभ्याएको, कापी र कलम वितरण गरेर राजर्षी ठाँट देखाएको भन्दै पार्टी भित्र र वाहिर आलोचना भएको थियो । उनले जन्मदिनमा भोज भतेर दिएर विकृत सामाजिक संस्कार देखाएको भन्दै पार्टी भित्रबाट आलोचना भएको थियो ।

पार्टीका नेता भीम रावलले राजकिय ठाँट र शैलीमा स्थानीय तहमा सार्वजनिक बिदा दिएर ५ वटा हेलिकोप्टरको र हजारौं सवारी साधनको दुरुपयोग गरेको भनेर नेकपा बागमती संयोजक अष्टलक्ष्मी शाक्यले नेताहरुको जीवनशैली भड्किलो भएको, केक काट्ने शैली र संस्कार नेपालीको संस्कार, शैली र परम्परा अनुसार नभएको भन्दै आलोचना गरेकी थिइन् ।

फागुन १५ गते बागमती प्रदेश स्तरिय कार्यकर्ता भेलामा शाक्यले अध्यक्षद्धय ओली र दाहालकै सामु सरकारमा बसेका पार्टीका नेताको जीवन शैली आचारण बमोजिम नभएको भनेर आलोचना गरिन् । नेकपामा ओलीले गरेका क्रियाकलापको विरोध गर्न आँट गर्ने तत्कालिन नेकपा एमालका उपमहासचिव घनश्याम भूषाल र तत्कालिन सचिव योगेश भट्टराई संघीय सरकारको मन्त्री भएपछि ओलीको सामु आफ्ना कुरा प्रस्ट राख्न सक्ने नेतृको रुपमा शाक्यलाई लिइन्छ ।

सम्बन्धित समाचार

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
  • २०७६ फाल्गुन १९, ०७: २४

चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७६ फाल्गुन १९, ०७: २४

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
  • २०७६ फाल्गुन १९, ०७: २४

काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...