काठमाडौं । हमासले चार दिनका लागि गरिएको अस्थायी युद्धविराम लम्ब्याउन आफू तयार रहेको बताएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्ध विरामलाई लम्ब्याउन सकिने प्रतिक्रिया दिए । इजरायल हमास सम्झौता अन्तर्गत शुक्रबारबाट सुरु भएको युद्धविराम आज अन्तिम दिन हो ।
हमासले रिहा गर्ने हरेक १० बन्धकका लागि एक दिन युद्धविराम लम्ब्याउने यसअघि नै बताइसकेको छ । हालसम्म हमासले सम्झौता अन्तर्गत ३९ इजरायली बन्धकहरूलाई रिहा गरिसकेको छ भने इजरायलले ११७ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ ।
गाजाका अन्य १९ बन्धकहरू १७ थाई, एक फिलिपिनो र एक रुसी नागरिकलाई पनि हमासले शुक्रबार रिहा गरिसकेको छ। नेपालका विपिन जोशी भने अझै पनि हमासकै नियन्त्रणमा छन् ।
नेतन्याहूले एक भिडियो वक्तव्य जारी गरेर थप १० बन्धकहरूको रिहाइको बदलामा एक दिनका लागि युद्धविराम लम्ब्याउने सर्त अगाडि राखेका छन् ।
काठमाडौं : विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को निधन भएको छ । पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले शनिबार...
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा...
काठमाडौं : सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका औरही गाउँपालिका– २, तुलसियाहीका १५...