प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै राजिनामा माग – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै राजिनामा माग

काठमाडौं । मृगौलाको दोश्रो पटक प्रत्यारोपणका लागि गत सोमबार शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य लाभाको कामना गर्न औपचारिक कार्यक्रममा हरेक नागरिकले भुल्दैनन । त्यसो त संसदबाट निर्वाचित भएका प्रधानमन्त्रीको उपचारको लागि अस्पताल भर्ना भएपछि प्रतिनिधिसभाको चालु बैठकमा प्रधानमन्त्रीप्रति स्वास्थ्य लाभको कामना नगर्ने त कुरै भएन ।

सोमवार प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद प्रकाश स्नेहीले प्रधानमन्त्री ओलीलाई मृगौलाको पुनः प्रतयारोपण सफल होस भनी कामना गरे । अनि उनले अर्को सुझाव दिए ‘थप स्वास्थ्य लाभ गरी आराम गर्न सरकारी निवास वालुवाटार नगइ निजी निवास बाल्कोट जानु उत्तम हुन्छ ।’

संसदको चालु बैठकमा बोल्ने अधिकांस प्रतिपक्षी दलका सांसदहरुको अभिव्यक्ति प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै आरामको जरुरत रहेको भन्दै कोरुोना भाईरसको प्रकोप विश्वमा फैलिएजस्तै नेपालमा भ्रष्टाचारको भाइरस फैलिएको र त्यसको उपचार जरुरी रहेको भन्दै प्रधानमन्त्री ओलीको घुमाउरो शैलीमा राजिनामा माग्ने गर्छन ।

तर, प्रतिनिधिसभाको बुधबारको बैठकमा शुन्य समयमा बोल्ने सांसद तेजुलाल चौधरीले त प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना साथै राजिनामा दिन पनि माग गरे । सांसद चौधरीले आफ्नै शरिरको अंगले त कुनै दिन काम गर्दो रहेनछ भने आफूसँग नजिक छ भन्दैमा तत्कालिन संचारमन्त्री गोकुल वाँस्कोटालाई संरक्षण नगर्न आग्रह गरे । उनले वाँस्कोटाको संरक्षणमा लागेकाले प्रधानमन्त्री ओलीलाई पदबाट राजिनामा दिएर वाँस्कोटाले सुरक्षण छापाखाना खरिदमा ७० करोडको वार्गेनिङ गरेको अडियो प्रकरण छानबिन गर्नको लागि सहयोग गर्न माग गरेका हुन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर सांसद स्नेहीले पनि प्रधानमन्त्रीले स्वास्थ्य लाभ गरेर अब बालुवाटारको सट्टामा सुनपानी छर्केर आफ्नै नीजि निवास बाल्कोटमा फर्कन सुझाव दिएका हुन् । स्नेहीले प्रधानमन्त्री ओली विरामीको आहालमा भए जस्तै भ्रष्टाचारको आहालमा डुवेर कुर्सी छेकिन थालेको टिप्पणी गरे । उनले आफै किड्नीको डायलसिस गर्दै आएका प्रधानमन्त्रीले देशमा देखिएको भ्रष्टाचारको अन्त्यको लागि कहिले पहल गर्ने भनी प्रश्न गरेका थिए ।

सरकारको प्रवक्ता समेत रहेका संचार मन्त्रीको ७० करोडको बार्गेनिङ गरेको विषयमा प्रधानमन्त्रीले वाहिर आएको अडियो ‘डुप्लिकेट भएको र क्यारिकेचर गरेको भनी प्रतिक्रिया दिएका थिए । उनले अडियो प्रकरण प्रमाणित नभइ गोकुल वाँस्कोटालाईं अभियुक्तको झैं व्यवहार नगर्न भन्दै उनले सार्वजनिक आग्रह समेत गरेका थिए । प्रधानमन्त्रीले भ्रष्टाचार गर्नेको अनुहार हेर्दिन भनेर बोलको कुरालाई तत्कालिन संचार मन्त्री वाँस्कोटाको अनुहार हेर्नु पर्ला भनी बाल्कोट निजी निवासमा बस्न दिएको बुझ्नु पर्ने बताए ।

सम्बन्धित समाचार

२०औं एसियाडमा नेपाललाई पहिलो पदक, तेन्जिङले करातेमा जिते कास्य
२०औं एसियाडमा नेपाललाई पहिलो पदक, तेन्जिङले करातेमा जिते कास्य
  • २०७६ फाल्गुन २७, ०७: १८

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जित्दै पदकको खाता खोलेको छ । कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमिते...

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
  • २०७६ फाल्गुन २७, ०७: १८

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी...

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता
  • २०७६ फाल्गुन २७, ०७: १८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पाैडेलसँग कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार...