अधिवक्ताको ३१ औँ परीक्षा लिने बाटो खुला – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

अधिवक्ताको ३१ औँ परीक्षा लिने बाटो खुला

काठमाडौं । नेपाल बार काउन्सिललाई अधिवक्ताको ३१ औँ परीक्षा लिने बाटो खुला भएको छ । सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशका कारण शुक्रबार र शनिबारका लागि तोकिएको परीक्षा बुधबार स्थगित गरिएको थियो ।

आज भएको सुनुवाइमा सर्वोच्चवले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश गरेसँगै काउन्सिललाई परीक्षा लिने बाटो खुलेको हो ।

नेपाल खुला विश्वविद्यालयमा कानुनमा स्नातक अध्ययन गरेका विद्यार्थीलाई परीक्षामा सहभागिता रोकेको भन्दै केही विद्यार्थीहरु काउन्सिल विरुद्ध सर्वोच्च पुगेका थिए ।

अरु रिटहरु संवैधानिक इजलास र दोहोर्‍याई हेरी पाउँको क्रममा रहेकाले त्यसलाई अन्तिम सुनुवाइकै बखत निरुपण हुने ठहर संयुक्त इजलासले गरेको छ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० मंसिर २२, १९: ३०

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० मंसिर २२, १९: ३०

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० मंसिर २२, १९: ३०

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...