
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूबिरुद्ध गत २०७४ सालको निर्वाचनमा बागी उम्मेदवार उठेका पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित पूर्वराज्य मन्त्री तथा पूर्वसांसद पुस्करनाथ ओझालाई पार्टीको केन्द्रीय अनुशासन समितिले कारबाही गर्न खोजेपछि आपत्ति जनाएका छन् ।
आफू विरुद्ध संघीय संसदको निर्वाचनमा बाघी उम्मेदवारी दिएका जोशीलाई निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएको थियो । तर नेता पौडेलले आफूलाई हराउन अन्तरघात गरेको र निर्वाचन आयोगले उम्मेदवारी खारेज भए पनि उम्मेदवारी दिएकोले कारबाही गर्न माग गर्दैं आएका थिए ।
पार्टी सभापति शेरबहादुर देउवालाई बारम्बार जोशीमाथि कारबाही गर्न दबाब दिएका पौडेलको भावना बमोजिम गत असारमा कांग्रेस केन्द्रीय कार्य समिति बैठकले समानान्तर संगठन चलाउने जोशीसहितलाई कारबाही गर्ने प्रस्ताव छलफलका लागि पेश भएको थियो ।
केन्द्रीय अनुशासन समितिका संयोजक भिष्मराज आङदम्वेको संयोजकत्वमा बसेको समितिको फागुन अन्तिम साताको बैठकले जोशीसहित सभापति देउवाकी पत्नी डा. आरजु राणाको निर्वाचन क्षेत्रका कांग्रेस नेता पुष्करनथा ओझालाई पनि कारबाही गर्ने उदेश्यले दोश्रो पटक स्पस्टीकरण साधेको सूचना वाहिर आएपछि नेता पौडेलले निर्वाचन समितिको काम कारबाही माथि नै प्रश्न उठाएका थिए ।
निर्वाचन समितिले २०७४ सालको स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारबिरुद्ध उम्मेदवारी दिने करिव दुई सय ५० जनालाई तत्काल अनुशासनको काबारही स्वरुप ५ वर्षको लागि साधारण सदस्यताबाट निस्कासन गरिसकेको छ ।
अनुशासन उल्लंघन गरेको भनी एक हजार ५ सयको सख्यामा उजुरी परे पनि समितिले १ हजारमाथि स्पस्टीकरण सोधेको थियो । तर करिव सात सय ५० जनाले जवाफ दिइसकेका छन् ।
तर पहिलो चरणमा जवाफ दिएकामध्ये चित्तबुझ्दो जवाफ नआएको भन्दै जोशी, ओझा, डडेलधुराका पार्टी कार्यालयका सचिव रामबहादुर विष्ट र नेपालगञ्जका महेन्द्र शाही ठकुरीलाई तीन दिन भित्र जवाफ दिन भन्दै पुन स्पीटीकरण सोधिएको थियो । उनीहरुलाईं पार्टीको साधारण सदस्यताबाटै निस्कासन गर्ने उदेश्यले पुनः स्पष्टीकरण सोधिएको थियो ।
तर नेता पौडेलले फागुन ३० गते एक विज्ञप्ती जारी गर्दै स्वयं वागी उम्मेदवार बनेर खुलेआम अन्र्तघात गर्ने व्यक्ति र आफूलाई मन परेन भन्दैमा अन्दाजको भरमा आरोपित कार्यकर्तालाई सँगै जोडेर कारवाहीको नाटक जो मञ्चन गरिएको भन्दै नेतृत्वमाथि घृणित षडयन्त्रको आरोप लगाएका छन् । पार्टी नेतृत्वको नाम नलिइकन नेता पौडेलले ‘यस्तै षडयन्त्र र अनेक विकृत उपाय अवलम्वन गरी सत्तामा हावी भैरहन चाहने प्रवृत्तिसँग मेरो लडाई जारी छ’ भन्दै असन्तुष्टी जनाएका छन् ।
नेपालमा पार्टी र लोकतन्त्र यस्तै प्रवृत्तिबाट कमजोर भएको दाबी गर्दै पौडेलले आफूलाई यस्तो निर्णय कुनै पनि हालतमा सैह्य नभएको जनाएका छन् । यता केन्द्रीय अनुशासन समितिका सदस्य उमाकान्त चौधरीले पदमा नबस्ने इच्छा व्यक्त गरेका छन् । २०७४ साल असोज ७ गते रमेश रिजालको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन समितिमा र २०७५ साल चैत ४ गते भिष्मराज आङ्दम्वेको संयोजकत्वमा गठित निर्वाचन समितिमा नेता कृष्ण सिटौलाको सिफारिसमा सदस्य भएका चौधरीले विहीबार पदबाट राजिनामा दिएका हुन् ।
उनले निर्वाचन समितिमा बसेर निकै विवादित र अपजसिलो काम गर्नु पर्नें भन्दै आफूहरुले समितिबाट गरेको सिफारिस केन्द्रीय कार्यसमितिले निर्णय गर्नें अवस्थामा मात्र आफू समितिमा बस्ने बताउँदै आएका थिए । उनले नेता सिटौला र उभापति देउवालाई बारम्बार भेटेर अनुशासन समितिले गरेको निर्णय केन्द्रीय कार्यसमितिले सामान्य अवस्थामा उल्टाउन नपाउने अधिकार दिन माग गर्दै आएका थिए ।
उनले अनुशासन समितिमा बसेर आफ्नै पार्टीका कार्यंकर्ता र साथिहरुसँग स्पस्टिकरण सोध्दा सबैको तारो भइने तर शक्ति भने केही नभइने भन्दै कारबाहीको सिफारिसमा परे जति सबैलाई केन्द्रीय कार्यसमितिले उल्टाउने हो भने आफू समितिमा नबस्ने बताउँदै आएका थिए ।
समितिका सभापति आङ्दम्वेको कार्यशैली पनि प्रकृयागत ढंगले चल्न नचाहने र सहमति विना नै निर्णय गरेर पेल्ने खालको स्वभाव भएको भन्दै चौधरीले गुनासो गरेका थिए । नेता सिटौलाको सिफारिसमा आफू सदस्य भएको जनाउँदै चौधरीले सिटौलाको नासो फिर्ता गरेको भन्दै राजिनामा पत्र सभापतिलाई नबुझाई उनै नेता सिटौलालाई बुझाएका थिए ।
सिटौलालाई राजिनामा देउवालाई बुझाएर आफूलाई अनुशासन समितिको झन्जटबाट मुक्ति दिन पनि चौंधरीले आग्रह गरेका छन् । आगामी १४ औं महाधिवेशनमा कोषाध्यक्ष र सहमहामन्त्रीमध्ये एक पदमा उम्मेदवार हुने योजना बनाएका चौधरीले १४ महाधिवेशनको संघारमा क्रियाशिल सदस्यता वितरण र नविकरणको समयमा अनुशासन समितिले गर्नें थप निर्णयले महाधिवेशनलाई नै प्रभावित गर्ने वताउँदै आएका छन् ।
चौधरीलाई सिटौलाले आवेशमा आएर राजिनामा दिने कुरा नगर्न सम्झाए पनि चौधरी राजिनामाको पत्र बुझाएर कांग्रेस नेताको सम्पर्कवाट वाहिरिएका छन् । चौधरीलाई पार्टी सभापति देउवाले फोन गरेर राजिनामा किन बुझाएको भन्दै पदमा बसेर पुरै जिम्मेवारी बहन गर्न आग्रह गरेका थिए । तर, चौधरीले सबै कुरा आफ्नो राजिनामा पत्रमा बुझाएको र खास समस्या वा गुनासो नेता सिटौलासमक्ष भनी सकेको जनाएका थिए ।
काठमाडौं : सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को यही असोज २ गतेको निर्णयअनुसार काठमाडौं महानगरपालिका–१४...
काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जित्दै पदकको खाता खोलेको छ । कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमिते...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी...