काठमाडौ । सम्मेलनमा भाग लिएर परराष्ट्रमन्त्री एनपी साउद स्वदेश फर्किएका छन् । गत शनिबार बिहान दोहा दोहा गएका थिए । आइतबारदेखि कतारमा सुरु भएको दोहा २१औँ फोरममा सहभागिता जनाएका उनले इजरायलमा बेपत्ता भएका विपीन जोशीको रिहाइको विषयलाई गम्भीरताका साथ उठाएको बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आफू कतारमा रहँदा त्यहाँका प्रधानमन्त्री, समकक्षीसँगै विदेश राज्यमन्त्रीसँग कुराकानी गरेको बताए ।
पत्रकारको प्रश्नमा उनले भने, “मैले कतारमा भाग लिने सन्दर्भमा नेपाली विद्याद्र्यी जोशीको रिहाइका लागि कतार सरकारले गरिरहेको भूमिकाको प्रशंसा गरेको थिएँ, त्यस क्रममा जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन थप आग्रह पनि गरेको थिएँ, त्यस सम्वन्धमा कतारका प्रधानमन्त्रीले गैरसैनिक मुक्त गर्ने सन्दर्भमा आफू आश्वस्त भएको र नेपाली बन्धकलाई पनि रिहाइ गर्ने आश्वसन दिलाउनुभएको थियो ।”
मन्त्री साउदले १४ र १५ डिसेम्बरमा आर्मिनियाको एरेवानमा आयोजना भएको भूपेरिवेष्टित मुलुकका मन्त्रीहरूको बैठकमा सहभागी भएका थिए । बैठकमा नेपालजस्ता मुलुकलाई लगानीयोग्य स्रोतको कमी भएको र व्यापार अभिवृद्धि गर्न एवं रोजगारी सिर्जना गर्न कठिन भएको विषय राखेको जानकारी दिए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...