काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको प्रशंसा गरेपछि सभामुख देवराज घिमिरे विवादमा तानिएका छन् । पदीय मर्यादा भुलेर एकजना सांसदको अस्वभाविक प्रशंसा गरेपछि सभामुख घिमिरे विवादमा तानिएका हुन् । केहीदिनअघि सिन्धुपाल्चोकको सिपा तीनघरेस्थित एउटा विद्यालयको कार्यक्रममा सभामुख घिमिरेले स्वस्थ्यमन्त्री बस्नेतको अस्वभाविक प्रशंसा गरेका थिए ।
उनले भनेका थिए, ‘नेता हुनु त मोहन बस्नेत जस्तो, जसले आफूले भनेका सबै काम पूरा गर्छन् । र, उनलाई धन्यवाद दिन पाउँदा आभारी छु ।’ ‘हामीलाई वास्तवमा यस्तै नेता चाहिएको हो, यहाँका जनताले जसलाई चुने, उनीहरु पनि भाग्यमानी हुन्’ भन्दै बस्नेतको प्रशंसा गरेपछि सिन्धुपाल्चोकका अरु नेताहरुले आपत्ति जनाए ।
सभामुखको उक्त भनाइप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका पोलिट्ब्युरो सदस्य अरुण नेपालले भनेका छन्, ‘सिन्धुपाल्चोक पुगेर हाम्रा सम्माननीय सभामुख ज्यूले के भन्नु भएको हो ? उहाँले होशमै त भन्नू भएको हो ? सभामुखको यो भनाइ उहाँको मर्यादा अनुकुल छ कि छैन ? उहाँको यो अभिव्यक्तिले सभामुखको गरिमा कति कायम रह्यो होला ?
थुप्रै नेताहरुले सभामुखको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । वस्नेत नेपाली कांग्रेसबाट उक्त क्षेत्रमा निर्वाचित सांसद हुन् । बस्नेतले एमाले नेता शेरबहादुर तामाङलाई पराजित गरेका थिए ।
सभामुखले भनेको जस्ताको तस्तैः
माननीय स्वास्थ्यमन्त्रीले आफ्ना प्रतिबद्धता, योजना र अठोटहरु प्रष्टरुपमा केही ऐतिहासिक पृष्ठभूमिसहित राख्नुभएको छ । हामीलाई वास्तवमा त्यस्तै नेता चाहिएको छ । जसले जे कुन गर्नसक्ने हो, त्यहीं भन्नुभएको छ ।
भन्नुभएको कुराहरु गरेर देखाउनु भएको छ । अब गर्ने काममा उहाँले शिक्षा स्वास्थ्यको क्षेत्रमा जे गर्छु भन्नुभएको छ, त्यो सफलताको लागि शुभकामना दिन चाहन्छु । उहाँले यहाँ भन्न भ्याउनु भएन । उहाँलाई धेरै कुरा भन्दा असजिलो पनि भयो होला ।
उहाँले मलाई भन्नु भएको छ– म अहिले स्वास्थ्यमन्त्री छु, पैसाकै अभावमा कसैलाई मर्न दिन्नँ भन्नु भएको छ । मलाई फोन गर्नुभयो भने म जसरी पनि बँचाउछु भन्नुभएको छ । यस्तो माननीय ज्यूलाई जिताउनु हुने यहाँका जनताप्रति आभारी छु । र यो सिन्धुपाल्चोकको सिपा तीनघरेको सँस्कृत माविको यो कार्यक्रममा उहाँलाई धन्यवाद दिन पाउँदा म आभारी छु ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...