काठमाडौं । रूसी सेनामा भर्ती भएका थप एक नेपालीको निधन भएको छ ।
रुसी सेनामा कार्यरत नेपाली कुन्दनसिंह नागलको निधन भएको परराष्ट मन्त्रालयले जनाएको छ । हालसम्म रुसी सेनामा भर्ती भएका छ जना नेपालीको निधन भएको छ ।
निधन भएका नागलको स्थायी ठेगाना खुलाइएको छैन । युक्रेनमा चार नेपाली नागरिकलाई बन्दी बनाइएको र उनीहरुको रिहाइका लागि कूटनीतिक पहल भइरहेको मन्त्रालयले जनाएको छ ।
युक्रेनमा विवेक खत्री, विकास राई, सिद्धार्थ ढकाल र प्रतीक पुनलाई बन्दी बनाईएको छ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...