नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीद्वारा सर्तक रहन आव्हान – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीद्वारा सर्तक रहन आव्हान

अत्यावश्यक सेवाहरु बाहेक अन्य बन्द

विश्वव्यापी रुपमा फैलिदै गइरहेको कोरोना भाइरसका कारण आम जनताको सुरक्षाको लागि सरकारले चैत्र ९ गतेबाट १८ गतेसम्म बाह्य हवाई उडानमा रोक लगाएको छ । यस्तै चैत्त १० गतेदेखि लामो दुरीका सवारी साधन आवातजावत समेत बन्द गर्ने सरकारले निर्णय गरेको छ ।

अहिलेसम्म नेपालमा महामारी नफैलिएको हुँदा सरकारले यस्तो निर्णय लिएको हो । सरकारको नेतृत्व गरी रहेका प्रधानमन्त्री के.पी शर्मा ओलीले शुक्रबार ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्दै जनतालाई विशेष आग्रह गरेका हुन् ।

जटिल परिस्थितिमा राजनीतिक दल, नेपाली जनता र सबै तह र तप्काबाट सहयोग र सद्भाव रहने विश्वास समेत प्रधानमन्त्री के.पी शर्मा ओलीले गरेका छन् ।

विश्वव्यापी रुपमा फैलिदै गएको महामारीका कारण नेपाल–भारत खुल्ला सिमानामा समेत निकै कडाईका साथ चेकजाँच भएको छ । त्यसैगरी बिहिबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा भारतीय जनतालाई सम्बोधन गर्दै केही समय सतर्क र धैर्यधारणा गर्नसमेत अनुरोध गरेका थिए ।

मोदीले उक्त सम्बोधनमा दोस्रो विश्वयुद्धभन्दा पनि अहिलेको महामारीले विश्वलाईनै त्रसित बनाएको उल्लेख गरेका थिए । भारतीय जनतालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदी निकै भावुक बनेका थिए । उनले केही समय भारतमा जनतालाई अत्यावश्यक कामबाहे बाहिर ननिस्कन समेत अनुरोध गरेका छन् ।

यसै सन्दर्भमा हाम्रो देश नेपालमा पनि सबै तह र तप्का पनि सर्तक हुनुपर्ने अवस्था सिर्जना भएको हुँदा सञ्चारमाध्यममा काम गर्ने सम्पादन समूहको समेत दृष्टिगत गरी देशरभरबाट प्रकाशित भइरहेको पत्रपत्रिकाहरु समेत केही समयका लागि बन्द गर्ने साप्ताहिक पत्रपत्रिकाका सम्पादकहरुले निर्णय गरेका छन् ।

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७६ चैत्र ७, १३: १६

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७६ चैत्र ७, १३: १६

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७६ चैत्र ७, १३: १६

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...