विशम परिस्थितिमा पनि हाम्रो प्रयास – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

विशम परिस्थितिमा पनि हाम्रो प्रयास

काठमाडौं । नेपाली पत्रकारिता क्षेत्रले जनुसुकै विशम परिस्थितिमा पनि आफूलाई उभ्याउन सफल भएको थियो । चाहे देशको लोकतान्त्रिक आन्दोलन होस् जनविद्रोह ! अति विसम परिस्थितिमा पनि वम, बारुद्धको प्रवाह नगरी रिर्पोटिङ्ग गर्दै आएका र शाही कालमा सुरक्षा अधिकारीले कार्यालयमै पेस्तोलको धम्की दिँईरहँदा पनि नेपाली सञ्चारमाध्यमलाई कुनै प्रवाह भएन ।

सँधै नेपाली जनतालाई सु–सूचित गरी रहे तर आज विश्वनै कोरोना भाईरसका कारण त्राईमाम छ । शक्ति राष्ट्रहरु ठप्प छन् । विश्वको १ सय ८८ देशहरुबाट १३ हजारभन्दा बढी नागरिकहरुको कोरोना भाईरसबाट ज्यान गईसकेको छ ।

आजको मितिसम्म नेपालीहरुमा महामारी देखा परेको छैन, देखा पनि नपरोस् सबै नेपालीहरुले यही कामना गरिरहेका छन् । हामी नेपाली सञ्चारमाध्यम जुनसुकै परिस्थितिमा पनि आफ्नो ज्यानको बाजी लगाएर नेपाली जनतालाई सु–सूचित गरी रहेका थियौं । तर आज एक व्यक्तिमात्र मर्ने होइन, देश भरका नागरिकलाई असर पार्ने प्राणघातक रोगका कारण सर्वत्र त्रास बढीरहेको छ । विकसित ठुला शक्तिशाली राष्ट्र समेत कोरोना भाईरसबाट आतंकित छन् ।

यस घडीमा सही तथ्यसत्य समाचार सम्प्रेषण गर्ने हाम्रो प्रयासलाई कोरोना भाईरसले कतै ठेस पु¥याउने त होइन भन्ने चिन्ता बढेर गएको छ । सानो लगानी, सिमित स्रोत साधनका बाबजुत साना तथा स्वरोजगारमुलक सञ्चारमाध्यमले खेलेको भूमिकाप्रति नेपाली जनता अनविज्ञ छैनन् ।

तर पनि हाम्रो प्रयास जारी रहने छ । देशमा ठुलो महामारी फैलियो र नागरिकको जिउज्यानको सुरक्षामा हाम्रो पनि परम कर्तव्य भएको हुँदा केही दिन डाउनलक अथवा संकटकाल जे भनेपनि हुन पुग्यो भने हाम्रो नेपाली जनतालाई सु–सूचित गराउने प्रयास असफल हुने डर हामीमा बढ्दै गएको छ ।

साना तथा स्वरोजगारमुलक सञ्चारमाध्यममा सिमित स्रोत साधन, दक्ष जनशक्ति लगायत विभिन्न समस्याबाट गुज्रदै आएको स्वरोजगारमुलक सञ्चारमाध्यम यतिखेर निकै अप्ठ्यारोको सामना गर्दै यतिन्जेल समाचार सम्प्रेषण गरिरहेको छ । कुनैपनि अप्रिय घटना नघटनासम्म हाम्रो प्रयास जारी रहने छ ।

सम्बन्धित समाचार

नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
  • २०७६ चैत्र ९, १२: ३९

काठमाडौं : नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै...

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
  • २०७६ चैत्र ९, १२: ३९

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...

रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
  • २०७६ चैत्र ९, १२: ३९

काठमाडौं : विनाशकारी बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...