
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँमा असन्तुष्ट नेता तथा पार्टीका पूर्वसहमहामन्त्री गोविन्द्रराज जोशीले चुनौति दिएका छन् ।
एक साता अघि पार्टीको केन्द्रीय अनुशासन समितिले जोशीलाई कारबाही गर्नको लागि दोश्रो पटक पत्राचार गरेपछि जोशी निकटका जिल्ला नेताहरुको भएको भेलाले पार्टीभित्रको असमझदारीको समाधान नगरि क्रियाशिल सदस्यता नविकरण र वितरण सुरु भएको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
नेपाली काँगे्रस तनहुँका केही महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, क्षेत्रीय प्रतिनिधिहरु र वडा सभापतिहरुको दमौलीमा बुधबार भएको विशेष भेलाले अहिले तनहुँमा नेपाली काँगे्रस पार्टी गम्भिर रुपमा समस्याग्रस्त भएको र पार्टीभित्र भएको असमझदारी र असहमतिको समाधान नगरि क्रियाशिल सदस्यता नविकरण र नयाँ वितरण गर्ने कार्य सुरु हुन लागेकोमा आफूहरुको ध्यान आकर्षण भएको बताएका छन् ।
तनहुँमा महासमिति सदस्य, शहीद पत्नी बालकुमारी लोहनी, र माओवादी द्धन्दकालमा अपांग बनाइएका चिक्त बहादुर थापा, लगायतका धेरै नेपाली काँगे्रसका नेताहरुमा विभाजन ल्याई वितरण गर्न लागिएको नेपाली काँग्रेसको क्रियाशिल सदस्यता वितरण कार्यक्रम षडयन्त्रपूर्ण हो भन्ने उनीहरुले ठहर गरेका छन् ।
त्यसैले तनहुँ जिल्लाका सबै वडा सदस्यहरुलाई तनहुँ जिल्लाको समस्या, राजनीतिक समस्या भएको र, राजनीतिक समस्याको समाधान राजनीतिक किसिमबाट गर्न सम्बन्धित निकायको ध्यानआकृष्ट गदै सो नहुँदासम्म सदस्य नविकरण र वितरण कार्यक्रम स्थगन गर्नका लागि अनुरोध गर्ने निर्णय गरेका हुन् ।
तनहुँ काँगे्रसका पुराना नेता डिल्लीराम अधिकारीको सभापतित्वमा भएको विशेष भेलामा जिल्लाका वरिष्ठ नेता एवं कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको बुझिएको छ । अधिकारी जोशी नेतृत्वको पार्टीको जिल्लाको समानान्तर समितिको सभापति भएक व्यक्ति हुन् ।
काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...
काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...
काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...