
काठमाडांै । नेपाली कांग्रेसका पूर्वसांसद तथा नेपाल तरुण दलका पूर्वअध्यक्ष महादेव गुरुङले काँग्रेस अहिले नेतृत्वविहीन, गन्तव्यविहीन र आफैमा अल्मलिएको जस्तो अवस्थामा पुगेको बताएका छन् । उनले सामाजिक संञ्जाल फेसवुकमार्फत पार्टी सभापति देउवामाथि जसरी पनि फेरि पार्टी सभापति बन्न जे पनि गर्न तयार भएर बसेको आरोप लगाएका छन् ।
उनले बलियो कम्युनिस्ट सरकार भएको बेला त्योसँग प्रतिस्पर्धा गर्नेभन्दा पनि पार्टी सत्तामा कसरी बसिरहने भन्नेमा ध्यान केन्द्रीत भएको आरोप लगाएका छन् । सबैभन्दा पहिले यो प्रवृत्तिको अन्त्य आवश्यक छ । अब नेतृत्वको परिवर्तनमा लाग्नुपर्छ । शेरबहादुरजीको नेतृत्वमा पार्टीमा परिवर्तन आउँदैन । उहाँले थप बिगार्नुहुन्छ । काँग्रेसलाई बलियो बनाउन नैतिक रुपमा बलियो भएको मान्छे आवश्यक छ ।
उनले हिजो हामीले राष्ट्रियता, समाजवाद र लोकतन्त्रको नारा अगाडि सारेका थियौँ । अहिले पार्टीले बाटो बिराएको छ । यस विषयमा केन्द्रीय समितिमा भएका साथीहरुले बहस र छलफललाई आवश्यक ठानेको देख्दिनँ । यसमा गम्भीर छलफल आवश्यक छ भन्दै नेतृत्वलाई तत्काल सुध्रन आग्रह गरेका छन् । यसरी पार्टीभित्र भएका अन्याय र अत्याचारलाई सही रहन नसक्ने समेत बताएका छन् ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...