सरकारको दाबीमा सत्यता छैन, नेपालमा पनि संक्रमित छन् परीक्षण पुगेनः डा. दिक्षित – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

सरकारको दाबीमा सत्यता छैन, नेपालमा पनि संक्रमित छन् परीक्षण पुगेनः डा. दिक्षित

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नेपालमा कोही पनि कोरोना भाइरसको संक्रमित नभएको दाबी गरिरहेको बेला चिकित्सक तथा नागरिक अगुवा डा. सुन्दरमणि दीक्षितले सरकारको दाबीमा सत्यता नरहेको दाबी गरेका छन् ।

प्रयोगशालाकी निर्देशक डा. झाले आशंकित विरामी सबैको परीक्षण भइसक्दा पनि देशमा कोरोना भाइरसको संक्रमित नभएको बताए पनि डा. दीक्षितले ल्याबको क्षमतामाथि नै प्रश्न गरेका हुन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा डा. दीक्षितले भने आशंकित सबैको स्वाथ्य परिक्षण नभएको दाबी गर्दै सरकारको दाबीलाई चुनौति दिएका हुन् । तर डा. झाले रोगको संक्रमण नभएको अवस्थामा हल्ला र भ्रमको पछि नलाग्न आग्रह गर्दै हाल देशमा कसैलाई पनि कोभिड–१९ को संक्रमण नभएको र आशंकित ५ सय २१ जनाको परीक्षण भइसकेको बताइन् ।

डा. दीक्षितको भनाईलाई अश्वीकार गर्दै डा. झाले भनिन्, ‘जनताहरुलाई थप त्रास नफैलाउन म सबैसँग आग्रह गर्दछु । एउटा संक्रमित विरामीले मास्क लगाएमा सयौंलाई सर्नबाट बचाउन सकिन्छ, त्यसैले मास्कको कृत्तिम अभाव सृजना गरी असुरक्षित बनाउने र बन्ने काम नगरौं ।’
इपिडिमियोलोजी तथा नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले कोरोना भाइरसको संक्रमण हुन नदिन सबै किसिमका रोकथामका उपाय अपनाइ सकिएको दाबी गरेका थिए ।

डा. पाण्डेले विज्ञहरुको सल्लाहमा रोकथामको उपाय र भविष्यमा कथंकदाचित् चुनौती आएमा सबै किसिमका तयारी भइसकेको बताए । काठमाडौमा सयभन्दा माथि आइसोलेशन कक्ष निर्माण भइसकेको जानकारी दिँदै उनले भने, ‘सबै अस्पतालमा निमोनियाका बिरामीहरु सूची संकलन भइरहेको छ । आफुलाई भाइरसको शंका लागेमा वा समस्या भएमा तथा कुनै समस्याको जानकारी दिन १११५ मा तत्काल कल गर्न आग्रह समेत गर्दछु ।’

उनले डाक्टरको सिफारिस भएमा मात्र कोरोनाको परीक्षण गर्न सकिने बताए । उनले मास्कको अभावलाई दृष्टिगत गरी आवश्यकत्तानुसार उपलब्ध गराउन मास्कको काम फास्ट ट्रयाकमा भइरहेको जानकारी दिए । डा. सुन्दरमणि दीक्षितले कोरोना संक्रमित देशभित्र भएको दाबी गरे । आवश्यक परीक्षण नहुँदा संक्रमित नदेखिएको भन्दै कतिपय विरामीलाई परीक्षण नै नगरी फर्काइएको उनको दाबी छ ।

‘कोरोना भाइरसको संक्रमित भएपनि अस्पतालबाट ८५ प्रतिशत रुघाखोकी लागेर हराउने र १२ प्रतिशतलाई जाँचै नगरी पठाइएको छ । डाक्टरको सिफारिस बिना आफुलाई शंका लागेमा जाँच्न पाउनुपर्छ, यसको सबै बन्दोबस्त मिलाउन म सरकारलाई आग्रह गर्दछु ।’

सरकारले आवश्यकत्तानुसार मात्र बिरामी जाँच्ने उपकरण मगाउने भनेकोमा आपत्ति जनाउदै  डा. दिक्षितले राष्ट्रको ढुकुटीबाट तुरुन्त मेशीन (परिक्षण किट) ल्याउन आग्रह गरेका छन् । ‘परीक्षण किट तत्काल ल्याउनुपर्छ, ढिलाई गर्ने होइन ।’

उनले आवश्यक मेशीन फास्ट ट्रयाकबाट ल्याउनपनि सरकारलाई सल्लाह दिए । दीक्षितले हरेक नेपालीलाई स्वास्थ्यको अधिकार भएकोले रोग जाँच्न नपाएमा संविधानविपरित हुने भन्दै यस्तो आपतमा मेशीन नल्याउँदा जनता आक्रोसित भई सडकमा आउन बाध्य हुनेतर्फ पनि सचेत गराए । ‘जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पाइँदैन, तत्काल आवश्यक उपकरण ल्याउनुपर्छ ।’

नागरिक समाजका अगुवा चरण प्रसाईले कोरोना भाइरसको मामलामा सरकारलाई विश्वास गर्ने अवस्था नरहेको बताएका छन् । उनले टेकु अस्पतालका प्राविधिकले बिरामी फर्काइ दिएकोमा आपत्ति गर्दै सरकारको विश्वास गुमेको गुनासो पोखे ।

प्रसाईंले कसैलाई पनि नागरिकको स्वास्थ्यसम्बन्धी अधिकारमा खेलवाड गर्ने छुट नभएको भन्दै सरकारको यसतर्फ ध्यानाकार्षण गराए । सरकारले जनतालाई कोरोना भाइरसबारे जानकारी दिनुपर्ने उनको जोड थियो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले सबै शक्ति लगाइरहेका बेला अफवाह फैलाएको भन्दै डा. सुन्दरमणि दीक्षितमाथि कारवाही गर्नेबारे छलफल भएको छ ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको राष्ट्रिय बिपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा दीक्षितले अफवाह फैलाएको भन्दै कारबाही गर्नेबारे चर्चा भएको हो । ‘डा. दीक्षितलगायत केहीले कोरोना भाइरसको संक्रमणबारे अफवाह फैलाएको बारे बैठकमा कुरा उठेको थियो, गृहमन्त्री बादलका प्रेस संयोजक किरण भट्टराईले अफवाह फैलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्नेबारे छलफल भएको बताए ।

दीक्षितसहति अफवाह फैलाउनेमाथि कारबाहीबारे चर्चा भएपछि त्यसबारेमा गम्भीर छलफल भएको थियो । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सरकारी निकायले पटक पटक कोभिड–१९ को रिजल्ट ‘नेगेटिभ’ आइरहको जनाउँदा डा. दीक्षितलगायतलले कोभिड–१९ का बारेमा भ्रम फैलाएको बताएका थिए ।

श्रेष्ठले अहिलेसम्म ५ सय १२ जना बिरामीको स्वास्थ्य जाँच गरिँदा सबैको रिर्पोट ‘नेगेटिभ’ आएको जानकारी दिए । उनले अहिलेसम्म कोही पनि संक्रमित नभेटिएको उल्लेख गरे । केही दिनअघि दीक्षितले कोभिड–१९ जाँच्ने किट नै नेपालमा नभएको आरोप लगाएका थिए ।

त्यसले जनतामा त्रास फैलिएको निचोड बैठकले निकालेको थियो । तर कारवाही गर्नेबारेमा केही निर्णय भएको छैन । बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, संघीय मामिला मन्त्री हृदेश त्रिपाठीलगायत उपस्थित थिए । दीक्षितसहितमा केही न केही कारवाही गर्ने तयारी सरकारले गरेको बताइएको छ ।

डा. दीक्षितले कोभिड–१९ परीक्षण गर्ने किट नै नेपालमा नभएको भन्दै शुक्रराज ट्रपिकल अस्पतालमा भर्ना भएका बिरामीलाई कोभिड–१९ को “स्वास्थ्य परीक्षण” नै नगरी नेगेटिभ रिपोर्ट दिइएको जिकिर गरेका थिए । कुनै पनि विषयमा सनसनीपूर्ण अफवाह फैलाएको ठहर भएमा १ लाख रुपैयाँ जरिवाना र ६ महिनासम्म कैद वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ । फेरि बोले दीक्षित सरकारले कारवाही तयारी गरिहँदा दीक्षितले भने बिहीबार फेरि सरकारविरुद्ध बोलेका छन् । वरिष्ठ चिकित्सक एवं नागरिक समाजका अगुवा दीक्षितले कारोना संक्रमित देशभित्रै भएको दाबी गरे ।

आवश्यक परीक्षण नहुँदा संक्रमित नदेखिएको भन्दै कतिपय बिरामीलाई परीक्षण नै नगरी फर्काइएको उनको दाबी छ । उनले भनेका थिए ‘कोरोना भाइरसको संक्रमित भएपनि अस्पतालबाट ८५ प्रतिशत रुघाखोकी लागेर हराउने र १२ प्रतिशतलाई जाँचै नगरी पठाइएको छ । डाक्टरको सिफारिसबिना आफुलाई शंका लागेमा जाँच्न पाउनुपर्छ, यसको सबै बन्दोबस्त मिलाउन म सरकारलाई आग्रह गर्दछु उनले भनेका छन् ।

सम्बन्धित समाचार

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
  • २०७६ चैत्र १०, ०८: २२

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...

प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
  • २०७६ चैत्र १०, ०८: २२

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनी उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित
एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित
  • २०७६ चैत्र १०, ०८: २२

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो...