राजपा सांसद बन्न सिंहले अढाई करोड घुस दिएको खुलासा – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

राजपा सांसद बन्न सिंहले अढाई करोड घुस दिएको खुलासा

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका उपाध्यक्ष शेखर सिंहले अढाई करोडमा टिकट किनेर राष्ट्रिय सभा सदस्य भएको घटना सार्वजनिक भएको छ । सप्तरी घर भएका सिंह गत माघ ९ मा जनकपुरधाममा भएको राष्ट्रिय सभाको निर्वाचनमा नेकपा–राजपा गठबन्धनको तर्फबाट साझा उम्मेदवार भई संसद सदस्यमा निर्वाचित भएका थिए । उनले अढाई करोडमा राजपा अध्यक्षमण्डलसँग टिकटको डिल गरेको अडियो बाहिरिएको हो ।

सप्तरीको पूर्वप्रमुख जिल्ला अधिकारीसमेत भइसकेका पूर्वरक्षा सचिव तिलकराम शर्माले सिंहलाई टिकट दिलाउन अन्य व्यक्तिसँग अढाई करोड लिएर राजपा अध्यक्ष मण्डललाई बुझाएको एक अडियो टेप वाहिरिएपछि सो प्रकरण वाहिर आएको थियो । सो अडियोमा सुरजित सिंह र ज्योती झाबीच फोनमा कुराकानीको सुन्न पाइन्छ ।

ज्योति झाले पूर्व रक्षासचिव शर्मालाई सुरजितसँग कुराकानी गराएको पाइन्छ । सुरजित शेखर सिंहका अंसियार भए पनि सम्वन्ध विग्रिएको देखिन्छ । सुरजितले भने शेखर अंकलसँग ३६ को आँकडा अर्थात विवाद रहेको झासँग टेलिफोनमा भनेका छन् ।

उनले काठमाडौं आएपछि पहल गर्ने र १० र १५ दिन मौन भएर बस्नसमेत भनेका छन् । सुरजितले पहिलो पटक कुरा हुँदा फोन काटेर राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोरसँग कुरा गरेका छन् । उनले पुनः फोन गरी राजेन्द्र महतोलाई फोन गर्दा उठेन र राजकिशोर यादवसँग कुरा गरेको बताएका छन् । उनले राजकिशोरले पार्टीको बदनामी हुन्छ भन्दै बसेर छलफल गरी विवाद सुल्झाउन भनेको पनि पूर्व सचिव शर्मासँग भनेका हुन्। शर्माले हुन्छ भन्दै ठिक छ पछि कुरा गरौंला भनेर फोन काटेका छन् ।

‘रकम जोसँग लिएछु, उसले दबाब दिन थालेका छन्’, पूर्वसचिव शर्माले सुरजितसँग फोनमा भनेका छन्, ‘म त नराम्ररी फसेँ । तपाईंले पहल गरिदिनुपर्यो।’ उनले आफू विश्वास गरेर कमिटमेन्ट गरेको व्यक्तिलाई रकम बुझाइसकेको र अहिले शेखर सिंह फोन नै उठाउन छाडेको गुनासो समेत गरेका छन् ।

सो टेप प्रकरणमा अध्यक्षमण्डलका संयोजक भण्डारी, अध्यक्षमण्डलका सदस्यहरु राजकिशोर यादव, राजेन्द्र महतो, अनिल झा र भण्डारीको नाम लिइएको छ भने महन्थ ठाकुर र अर्का अध्यक्ष महेन्द्र राय यादवको नाम लिएको पाइन्न । अध्यक्ष मण्डलका संयोजक रहेका भण्डारीको तत्कालिन पार्टी रामसपाका उपाध्यक्ष सिंह सप्तरीका जमिन्दार पनि हुन् ।

सम्बन्धित समाचार

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
  • २०७६ चैत्र १०, ०८: २३

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...

रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
  • २०७६ चैत्र १०, ०८: २३

काठमाडौं : विनाशकारी बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...

थेराङ खोलासहित बुढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति
थेराङ खोलासहित बुढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति
  • २०७६ चैत्र १०, ०८: २३

गोरखा : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बुढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको छ...