राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न चार दलको बैठक बालुवाटारमा जारी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न चार दलको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्तारूढ गठबन्धनका ठुला दलको बैठक बालुवाटारमा बसिरहेको छ । राष्ट्रियसभा निर्वाचनमा सीट बाँडफाँड टुंगो लगाउन बालुवाटारमा सत्तारुढ गठबन्धन भित्र रहेका चार ठुला दलको बैठक बसिरहेको हो ।

प्रधानमन्त्रीको सरकारी निवासमा नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु अहिले छलफलमा रहेका छन ।

भोली हुने राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्नु अघि गठबन्धन भित्रका ठुला दलले भागबन्डा टुंग्याइसक्नु पर्ने दबाबका बिचमा यो बैठक बसिरहेको हो । मुख्यतः नेकपा एसले पाउने भागबन्डाका लागि यो बैठक बसिरहेको एक नेताले जनाएका छन् ।

बैठकमा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताहरू सहभागी भएका छन् । शनिबार रातिको बैठकमा १९ सिटका लागि हुने निर्वाचनमा नेपाली काँग्रेसले १० माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक लिने गरी मोटामोटी सहमति भएको छ ।
तर, गठबन्धन भित्र रहेका अन्य साना दललाइ भने राष्ट्रियसभा निर्वाचनका लागि भागबन्डा गरिएको छैन, उनीहरूलाइ बैठकमा पनि बोलाइएको छैन । जसअनुसार जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका दलहरू बैठकमा सहभागी भएका छैनन् ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष २२, ११: ३२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष २२, ११: ३२

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष २२, ११: ३२

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...