
अन्तर्राष्ट्रिय संवाददाता
काठमाडौं । छिमेकी मुलुक चिनको बुहान प्राप्तबाट सुरु भएको भनिएको नोभल कोरोना भाईरस कोभिड–१९ अहिले विश्वभर फैलिएको छ । हालसम्म विश्व स्वास्थ्य संगठनको रिर्पोट अनुसार १८८ राष्ट्रहरुमा पुगिसकेको छ भने १३ हजारको हाराहारीमा मानिसहरुको निधन भइसकेको छ । संक्रमितको संख्या ३ लाख १२ हजार पुगेको छ भने उपचारपछि ९५ हजार ८ सय २६ जना घर फर्केका छन् ।
हालसम्मको स्थितिमा १ लाख ९० हजार मानिसहरुमा सामान्य उपचार भइरहेको छ भने ९ हजार २ सय ९९ जना जटिल अवस्थाका बिरामी छन् । जसले गर्दा यतिखेर विश्वमानै ठुलो महामारीको आतंक फैलिएको यस अवस्थामा हाम्रो देश नेपाल पनि निकै जोखिम अवस्थाबाट गुज्रिरहेको छ । हालसम्म नेपालमा एक जनापनि संक्रमित नभेटिएको स्वास्थ्यकर्मीहरुले बताइरहेका छन् ।
शनिबार नर्भिक अस्पतालमा ९ जनामध्ये ३ जनाको मृत्यु भएको भन्ने झुठो समाचारप्रति नर्भिक अस्पतालले वक्तव्यमार्फत् प्रस्ट पारेको छ । यस्तो झुठो अफवाह फैलाउने एक जना व्यक्तिलाई नियन्त्रणमा लिईसकेको प्रहरीले जनाएको छ । नयाँ विकल्प साप्ताहिकले यो समाचार तयार पार्दासम्म नेपालमा एउटा पनि कोरोना भाईरसको संक्रमित नभेटीएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगत इपिडोलोजी महाशाखाले बताएको छ ।
शुक्रबार वर्तमान प्रधानमन्त्री के.पी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै अत्यावश्यक सेवाहरु बाहेक अन्य सेवाहरु बन्द गर्ने निर्णय गरेका छन् । जसअनुसार हिजो आइतबार चैत्र ९ गतेदेखि चैत २१ गतेसम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरिएको छ ।
अत्यावश्यक सेवाबाहेक सरकारी, निजी र सामुदायिक गरेर तीनवटै क्षेत्रका सेवाहरु बन्द हुने भएका छन् । तर सरकारी कार्यालयका कर्मचारी र निजी क्षेत्रका कर्मचारीहरुले भने सावधानीपूर्वक सेवा प्रदान गरिरहनुपर्ने छ । त्यसैगरी सरकारले आजबाट नेपाल भित्रिने अन्तर्राष्ट्रिय हवाई सेवासमेत आउदो १८ गतेसम्मका लागि बन्द गरिएको छ । देशभित्रबाट चल्ने लामो दुरीका यातायातका साधनहरुसमेतमा रोक लगाइएको छ ।
विश्वको १८८ मुलुकहरुमा यसले महामारीको रुप लिएपछि शक्ति राष्ट्ररुसमेत तिलमिलाएका छन् । जसअनुसार युरोप, अमेरिका, अष्ट्रेलिया, जापान, फ्रान्स लगायत ठुला शक्ति राष्ट्रहरुमा हवाई सेवानै बन्द गर्नुपरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त आफ्ना नागरिक सुरक्षार्थ घरमै बस्न र भत्तासमेत सरकारलेनै उपलब्ध गराउने घोषणा गरेका छन् । युरोप लगायतका मुलुकहरुमा आम नागरिकलाई घरबाट बाहिर ननिस्कन निर्देशन दिएको छ । अहिले कोरोनाका कारण इटलीको स्थिति निकै नाजुक भएको र स्थिति साम्य पार्न निकै कठिन भइरहेको छ ।
औषधी उपचारमा खटिने डाक्टरहरु समेत अभाव भएका कारण मेडिकल पढिरहेका विद्यार्थीहरुलाई समेत डाक्टर बनाएर बिरामीको हेरचाहमा खटाइएको छ । यतिबेला शक्ति राष्ट्रहरुको ध्यान इटलीमा केन्द्रीत भएपनि १८८ देशका राजनेताहरु आफ्ना देशका नागरिकहरुलाई कसरी बचाउने भन्नमै तल्लिन देखिन्छन् ।
छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओलीले एक दिनको फरकमा राष्ट्रका नाममा सम्बोधन गरेर सम्पूर्ण जनतालाई सर्तक रहन आव्हान गरेका छन् । भारत सरकारले त जनता कफ्र्यूनै लागु गरिसकेको छ । तर पनि मानिसहरुको आवातजावात गर्ने क्रम रोकिएको छैन । भारतमा गएर व्यवसाय तथा काम गर्ने व्यक्तिहरु हजारौंको संख्यामा नेपाल प्रवेश गरिरहेका छन् ।
एकै दिन गड्डा चौकी नाकाबाट मात्रै १५औं हजार नेपालीहरु पैदलमार्ग हुँदै नेपाल छिरेका छन् । नेपाल भारतबीच खुल्ला सिमानाकाबिच कडाई गर्न सुरक्षाकर्मीहरुलाई धौंधौं परिरहेको छ । नेपाल सरकार र भारत सरकारले सम्पूर्ण नागरिकहरुलाई जहाँजहाँ जोजो भएपनि सोही स्थानमा संयममता अपनाएर बस्न आव्हान गरिरहेका छन् ।
तरपनि मानिसहरु हतास मनस्थितिबाट हिँडिरहेको देखिन्छन् । भारत सरकारले महामारी रोक्न ठुलो प्रयास गरिरहेको छ । यसैगरी नेपाल सरकारले पनि महामारी रोक्न कुनै कसुर बाँकी नराख्ने बताएको छ । पछिल्लो परिस्थिति अनुसार चिनले निकै साम्य पारेको बताएको छ । चिनमा अहिले कोरोना भाईरस लागेका रोगीहरु अस्पताल आउनेक्रम रोकिएको बताएका छन् । तर अन्य मुलुकहरुमा भयावह स्थिति हुँदै गएको कारण विश्वका राजनेताहरु निकै चिन्तित देखिन्छन् ।
नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा निकै कडा निगरानी राखिरहेको छ । हाम्रो देशको भौगोलिक अवस्थादेखि आर्थिक अवस्थालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सबैको केन्द्रीत हुन जरुरी छ । यतिखेर राजनीतिक दलदेखि सबै जनताको ध्यान आफु कसरी सुरक्षित हुने र महामारीबाट अरुलाई कसरी सुरक्षित बनाउने भन्नेतर्फ ध्यान केन्द्रीत हुन जरुरी छ । यतिखेर सबै राजनीतिक दल, बुद्धिजिवी, सञ्चारक्षेत्र, सुरक्षा निकाय तथा स्वास्थ्य क्षेत्रका विशेषज्ञहरुको ठुलो सहयोग राष्ट्रले खोजेको छ ।
सबैले आ–आफ्नो क्षेत्रबाट राष्ट्रको नागरिक बचाउन जिम्मेवारीपूर्वक काम गर्नुपर्ने अवस्था सिर्जना भएको छ । हल्ला र अफवाह फैलाउने काम कहीकतैबाट हुनुहुँदैन । त्यसैले संक्रमणबाट बचाउन सरकारले लकडाउन ग¥यो भने आम नेपाली जनताले १४ दिन आ–आफ्नै घरमा संयमतापूर्वक बसेर महामारीबाट बच्नुपर्ने छ । अन्यथा सरकारलाई गाली गरेर मात्र महामारीको रोकथाम हुँदैन ।
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...
ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...