सिड्नी र मेलबर्नमा आठ नेपालीमा कोरोना – Naya Bikalpa
September 20, 2026, Sunday      Epaper

सिड्नी र मेलबर्नमा आठ नेपालीमा कोरोना

अस्ट्रेलियामा फैलिएको कोरोना महामारीको असर नेपाली बिध्यार्थीहरुमा पनि देखिन थालेको छ । कोरोनाको सक्रमणले संसार आतंकित बन्दै गएको बेला अस्ट्रेलियामा भने अझै सार्वजनिक यातायात र सपीङ सेन्टरहरु बन्द नभैसकेको अवस्थामा यसको प्रभाव बढदै गएको छ । अझसम्म केन्द्रिय सरकारले स्कुल तथा कलेज बन्द गर्ने निर्णय समेत नगर्दा बिध्यार्थीहरु यसवाट प्रभावित हुने जोखिम बढेको छ । यसै सन्दर्भमा सिड्नीको नेपालीहरुको बाक्लो बस्ती रहेको ग्रानभिल क्षेत्रमा रहेको एउटा अपार्टमेन्टमा बस्ने चार जना नेपाली बिध्यार्थीहरुमा कोरोना संक्रमण भएको पृष्टी भएको छ भने उनिहरु हाल आइसोलेसनमा रहेका छन । उनिहरु बस्ने अपार्टमेन्टमा पचासौ अन्य नेपाली बिध्यार्थी समेत बसोबास गर्दै आएका छन । ग्रानभिलमा एक जना नेपाली युवतीमा कोरोना देखिएपछि सँंगै बस्ने अन्य तिन जनाले पनि परिक्षण गर्दा उनिहरुमा कोरोना संक्रमण पुष्टी भएको र उनिहरु आफ्नै अपार्टमेन्टमा आइसोलेसनमा रहेका छन । हामीले उनिहरुको स्वास्थस्थितीका बारेमा चासो राखेका छौ र हालसम्म उनिहरु स्वस्थ रहेको जानकारी प्राप्त भएको राजदुत महेशराज दाहालले बताए । यसै गरी मेलवर्नमा एकै परिवारमा रहेका तिन जनामा कोरोना संक्रमण देखिएपछि उनिहरुसँंग संसर्गमा आएकाहरुको पहिचान गरिन थालिएको छ । हामीकाँंहा हालसम्म सिड्नीको ग्रानभिल र मेलवर्नको गरि करिब आठ जना नेपालीमा संक्रमण भएको खबर प्राप्त भएको र दुतावास उनिहरुसँंग संचार सम्पर्कमा रहेको अस्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहालले बताए । हाल अस्ट्रेलियामा करिब ६० हजार नेपाली बिध्यार्थी अध्यनरत रहेको र यस्तो परिस्थीतीमा सबैले संयम भएर घरमा बस्न र भिडभाडमा नजान राजदुत दाहालले सबैलाई आग्रह गरेका छन । राजदुत दाहालले शुक्रबार मात्र नेपालवाट राष्ट्रपती बिद्यादेवि भण्डारीले नेपाली बिध्यार्थीको बिषयमा फोन गरेर चासो ब्यक्त गरेको समेत बताए । यस्तै मक्वारीफील्डमा र बंैकस्टाउनमा समेत नेपाली समुदायका दुइ सदस्य प्रभावित भएको संक्रमणमा परेको अपुष्ट समाचार प्राप्त भएको छ । तर यसको पुष्टी हुन भने सकेको छैन । हामी काँंहा तिन बिध्यार्थीहरुले यो समस्याका बारेमा जानकारी गराएका छन र हामीले आइसोलेसनका लागि र खाद्य सामाग्रीका बारेमा सोधेका थियौ, उनिहरुले अहिले पर्दैन भनेका छन, हामी आवश्यक सहयोगका लागि तयार छौ, एनआरएनका युवा संयोजक इर्शाद अहमदले सुनाए । सरकारले बिदेशवाट अस्ट्रेलिया आउने आफ्ना सबै नागरिकलाई प्रहरीको निगरानीमा दुइ हप्ता होटलमा आइसोलेसनमा राख्ने निर्णय समेत गरेको छ ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
  • २०७६ चैत्र १५, ०८: ४२

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर सञ्चालन भइरहेको वडा अधिवेशन प्रक्रिया उत्साहजनक रूपमा अघि बढेको छ ।...

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
  • २०७६ चैत्र १५, ०८: ४२

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्र मन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । खनाल...

एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै
एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै
  • २०७६ चैत्र १५, ०८: ४२

काठमाडौं : नेकपा एमालेभित्र पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको एकीकृत प्रतिवेदन ल्याउन नेताहरूबीच सहमतिको प्रयास जारी...