संघीय सरकारले प्रदेशलाई प्रहरीले हस्तान्तरण गर्छः मुख्यमन्त्री कार्की – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

संघीय सरकारले प्रदेशलाई प्रहरीले हस्तान्तरण गर्छः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारले प्रहरी समायोजन गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागेको बताएका छन् ।
हस्तान्तरण हुने भएपछि त्यसको पूर्व तयारीमा जुट्न आन्तरिक मामिला तथा कानून मन्त्रालयका कर्मचारीहरुलाई उनले निर्देशन दिएका छन् । मुख्यमन्त्री कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी समायोजन माघ १५ गतेभित्र गर्ने प्रतिबद्धता जनाएकाले त्यसको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।
‘प्रहरी प्रदेशमा आएपछि त्यसको सञ्चालन, सरूवा, बढुवाको विधि निर्माण गरेर पूर्वतयारीमा लाग्नुको विकल्प छैन’ उनले भने, ‘जनताको दैनिकीका साथै शान्ति सुरक्षामा प्रत्यक्ष रुपमा जोडिएको मन्त्रालय भएकाले जनतामा महशुस हुने गरी काम गर्नुहोस् ।’
बजेट कार्यान्वयनका लागि दु्रतगतिमा मन्त्रालयको काम अगाडि बढाउन निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले बजेट पूर्णरुपमा कार्यान्वयन भए जनतासम्म सरकार पुगेको महसुस हुने बताए ।
‘विपद जोखिम क्षेत्रको नक्साङ्कनको काम चाँडो सकेर विपद व्यवस्थापनको अगाडि बढाउनुहोस्,’ उनले भने, ‘नक्साङ्कनपछि हामीले त्यस क्षेत्रका नागरिकलाई विपद् आउनु पूर्व नै सूचित गर्न सकिन्छ । बस्ती व्यवस्थापन गर्न सकिन्छ ।’
मन्त्रालयका कर्मचारीले प्रदेशका १४ जिल्लामध्ये ९ जिल्लाको नक्साङ्कन एकीकृत गर्ने काम भइरहेको र बाँकी जिल्लाको अब चाँडै नक्साङ्कनको काम अगाडि बढाउने तयारी रहेको जानकारी गराएका थिए ।

 

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष २४, १३: ३६

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष २४, १३: ३६

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष २४, १३: ३६

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...