
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले काठमाडौं मेडिकल कलेजले आवासिय चिकित्सक डा. विशद दाहालमाथि गरेको निलम्वन तत्काल फिर्ता गर्न निर्देशन दिएका छन् ।
मन्त्री राईले आवासीय चिकित्सक डा. विशद दाहालमाथि काठमाडौं मेडिकल कलेजले गरेको निलम्बन तत्काल फिर्ता गर्न काठमाडौं विश्वविद्यालयलाई निर्देशन दिएका हुन् ।
मन्त्री राईले काठमाडौं विश्वविद्यालयको सहकुलपतिको हैसियतमा डा। दाहालमाथिको निलम्वन फिर्ता गर्न विश्वविद्यालयलाई निर्देशन दिए ।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव सुरेश अधिकारीले मंगलबार मन्त्री राईले काठमाडौं विश्वविद्यालय ऐन २०४८ को दफा १३(क) उपदफा(३) बमोजिम निर्देशन विश्वविद्यालयलाई निर्देशन दिएको जानकारी दिए ।
मन्त्री राईले काठमाडौं विश्वविद्यालयबाट हेल्थ क्याम्प र फिल्ड भिजिट सम्बन्धी कार्यविधि तर्जुमा भएपछि मात्र विद्यार्थीहरुलाई स्वास्थ्य शिविरमा पठाउन पनि निर्देशन दिएको बताए ।
मन्त्री राईले काठमाडौं विश्वविद्यालयबाट हुने निर्देशनलाई पालना गरी मन्त्रालयलाई जानकारी गराउन भन्दै काठमाडौं मेडिकल कलेजलाई बोधार्थ समेत दिएका छन् ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...