रामबहादुर बम्जनलाई सर्लाहीको अदालतमा उपस्थित गराइने – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

रामबहादुर बम्जनलाई सर्लाहीको अदालतमा उपस्थित गराइने

काठमाडौं । अनुयायी बेपत्ता पारेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीमा उपस्थित गराइने तयारी गरिएको छ । सर्लाहीबाट उनलाई पक्राउ पुर्जी जारी भएकाले प्रहरीले त्यहाँ लैजान लागेको हो ।
सुरुमा उनीविरुद्ध सर्लाहीमा जाहेरी परेको थियो । उनलाई सर्लाहीकी रीता बोटलाई बेपत्ता बनाएको आरोप लागेको थियो । रीता बाराको हल्खोरियास्थित बम्जनको आश्रममा बसेकी थिइन् । २०७५ को पुसमा रीताकी आमाले किटानी जाहेरी दिएकी हुन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार पहिला सर्लाहीमा उपस्थित गराएपछि अन्य ठाउँका मुद्दातिर लागिने तयारी छ ।

बम्जनमाथि बाराका ३४ वर्षीय सुरेशकुमार आले मगर, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग पनि रहेको छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष २५, ११: ११

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष २५, ११: ११

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष २५, ११: ११

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...