
काठमाडौं। आगामी चैतको पहिलो हप्तादेखि यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने भएको छ । वार्षिक क्यालेन्डरअनुसार नै परीक्षा हुन लागेको हो ।
यो वर्षदेखि नन् ग्रेडिङ लागू हुनेछ । यसअघि ग्रेडिङ सिस्टम थियो । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले यो वर्ष नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुन लागेको जानकारी दिए । अहिले नन् ग्रेडिङ सिस्टम भएकाले उत्तीर्ण हुन सबै विषयमा ३५ प्रतिशत ल्याउनुपर्ने उनले बताए । माघको पहिलो हप्ता रुटिन सार्वजनिक गरिने जनाइएको छ ।
अहिलेसम्म रजिस्ट्रेसन भर्ने विद्यार्थीको संख्या चार लाख ८९ हजार ४४४ जना रहेको कार्यालयले जनाएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...