कोरोना प्रभाव: छापा माध्यमलाई थप चुनौती – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

कोरोना प्रभाव: छापा माध्यमलाई थप चुनौती

नेपालको सञ्चार क्षेत्र यति गम्भिर र अष्ठ्यारो परिस्थितिबाट गुज्रनु परेको यो नै पहिलो हुनुपर्छ । मुलुकको राजनैतिक अवस्था जति नै अनुकुल हुँदा पनि साना तथा स्वरोजामूलक अखबारहरु प्रकाशित हुँदै आएका थिए । अझ भन्नु पर्दा नेपालको राजनीतिक परिवर्तनमा यिनै साना तथा स्वरोजामूलक अखबारहरुले उल्लेखनिय भूमिका खेलेका कारण आजसम्मको परिवर्तन सम्भव भएको हो । तर आजको अवस्था राजनैतिक विषय नभएर मुलुकवासीहरुको स्वास्थको बिषय हो । सम्पूर्ण देशबासीहरुको जन-जीवन निकै जोखिमपूर्ण अवस्थामा रहेको छ ।

विश्वलाई आक्रान्त परेको नोबल कोरोना भाइरसका कारण मजदुर, किसानदेखि सञ्चारकर्म गर्ने र मुलक चलाउने राजनेताहरुसम्म घर–घरमा लुकेर बस्नु परेको छ । चीनको वुहान क्षेत्रबाट सुरु भएको कोरोना भाईरस नामक रोगबाट विश्व त्रसित छ । विश्व नै ठप्प हुने गरी आएको यो महामारी १९९ वटा देशहरुमा फैलिएको र यसबाट संक्रमित हुनेको संख्या ७ लाख नाघेको छ भने ३४ हजार बढीले ज्यान गुमाईसकेका छन् । यो महामारीबाट बच्ने उपाय अहिलेको लागि भनेको सामाजिक दरी कायम राखेर घर भित्रै बस्ने हो तसर्थ यस्तो विषम परिस्थितिमा जो कोही पनि आ–आफ्नो ज्यान बचाउन घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन र निस्कनु पनि हुँदैन । यस्तो परिस्थितिमा देशभरका २–४ वटा बाहेक साप्ताहिक, पाक्षिक, दैनिक सम्पूर्ण अखबारहरु एक पटक बन्द हुन पुगेका छन् । २७ वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको यस मिडिया प्रकाशन नयाँ विकल्प साप्ताहिक पत्रिका हाम्रो अथक प्रयास हुँदा हुँदै पनि आज प्रकाशन हुन सकेन र यो जटिल परिस्थिति साम्य नहुँदासम्म प्रकाशन बन्द गर्नु पर्ने बाध्यात्मक परिस्थितिलाई हाम्रा ग्राहकवर्ग, शुभच्छुक, विज्ञापनदाता एवम् आम नेपाली जनताप्रति क्षमा प्रार्थी छौं ।

अमेरिका, इटाली, स्पेन, जर्मनी लगायतका विश्वको शक्तिशाली मुलुकहरुलाई कोरोना भाइरस बिरुद्ध लड्न हम्मे हम्मे परेको अवस्थामा आजको मितिसम्म हाम्रो मुलुकमा त्यति फैलिसकेको छैन । तर हेलचेक्राई गर्ने अवस्था छैन । सबैले सचेत भई नियमपूर्वक सरकारको ‘लकडाउन’को पालना गरेर आ–आफ्नो घर घरमा बसेर सामाजिक दूरी राख्दै विदेशबाट आएका सबैले सरकारले घोषणा गरे अनुसार सेल्फ क्वारेन्टाइनमा बसी मुलुकबासीलाई यो महामारीबाट बचाउन आ–आफ्नो स्थानबाट सहयोग पु¥याउनु हुन यस मिडिया हार्दिक अपिल गर्दछ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७६ चैत्र १७, १३: ०४

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७६ चैत्र १७, १३: ०४

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...

प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान गर्दै, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान गर्दै, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
  • २०७६ चैत्र १७, १३: ०४

काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक...