राष्ट्रिय सभा निर्वाचन समन्वय समिति, सबै जिल्लामा समिती बनाउने – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

राष्ट्रिय सभा निर्वाचन समन्वय समिति, सबै जिल्लामा समिती बनाउने

 

काठमाडौँ । सत्ता गठबन्धनद्धारा गठित राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिको बैठक पहिलो बैठक बसेको छ। आज बसेको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि गठबन्धनको उम्मेदवार जिताउन आह्वान गरेको हो ।

बैठकले राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको संयोजकमा समिति सदस्य एवं नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई चयन गरेको छ । सात वटै प्रदेशमा राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति २०८० र ७७ वटै जिल्लामा राष्ट्रिय सभा निर्वाचन जिल्ला समन्वय समिति २०८० गठन गर्ने निर्णय पनि गरिएको छ ।
मंगलबार बसेको गठबन्धन बैठकले गठबन्धनको उम्मेदवार जिताउन ४ सदस्यीय समन्वय समिति गठन गरेको थियो । समितिमा काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, माओवादीबाट वर्षमान पुन, नेकपा एसबाट राजेन्द्रप्रसाद पाण्डे र जसपाबाट मनिष सुमन रहेका छन् ।

 

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष २५, १७: ५०

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष २५, १७: ५०

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष २५, १७: ५०

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...