राष्ट्रिय सभा निर्वाचनः आज उमेदवारको नामावली प्रकाशन गरिदै – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

राष्ट्रिय सभा निर्वाचनः आज उमेदवारको नामावली प्रकाशन गरिदै

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका अन्तर्गत आज उमेदवारको नामावली प्रकाशन हुँदैछ । उम्मेदवारीविरुद्ध परेका दाबी विरोध र उजुरीको छानबिनपछि आयोगले आज अपरान्ह नामावली प्रकाशन गर्ने जनाएको छ ।
सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि दुई दिन छानबिन गरी आज नामावली प्रकाशन गर्न लागिएको हो ।
उम्मेदवारी परेका दुई जनाविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेसका तर्फबाट अपाङ्गता समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा माओवादी केन्द्रका दलित समूहका उम्मेदवार विष्णु विकविरुद्ध उजुरी परेको छ ।
निर्वाचनमा भाग लिन नचाहने उम्मेदवारले भोलि नाम फिर्ता गर्न सक्नेछन् । भोलि नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने कार्यसूची छ ।
पुस २८ गते उमेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ । माघ ११ गते १९ पदका लागि निर्वाचन हुने छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष २६, १०: २१

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष २६, १०: २१

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष २६, १०: २१

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...