
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशन आजदेखि कैलालीमा सुरुहुँदै छ । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको अधिवेशन कैलालीको टीकापुरमा हुन लागेको हो ।
आजदेखि शनिबारसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरू सहभागी भएको सो पार्टीले जनाएको छ ।
आगामी नेतृत्व सर्वसम्मत चयन गर्ने तयारी गरिएको छ । जेलमा रहेका बेला स्थापना गरेको पार्टीको नेतृत्व आफै सम्हाल्ने योजनामा चौधरी छन् ।
महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्नेछ । विधानअनुसार नागरिक उन्मुक्तिले महाधिवेशनबाट अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित गर्नेछ ।
०७९ सालको आम निर्वाचनमा पहिलो पटक भाग लिएर ४ सिट जितेको नागरिक उन्मुक्ति कैलालीमा सबैभन्दा ठुलो राजनीतिक दल बनेको छ । टीकापुर घटनापछि जेल परेका संरक्षक चौधरीले जेलबाटै श्रीमती चौधरीलाई अध्यक्ष बनाएर पार्टी गठन गरेका थिए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...