चिनियाँ राजदूत सोङ र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

चिनियाँ राजदूत सोङ र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत सोङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । उनीहरूबीच भेटमा द्विपक्षीय सम्बन्ध र साझा हितको सहयोगका बारेमा विचार आदानप्रदान गरेको राजदूत सोङले सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘हामीले द्विपक्षीय सम्बन्ध र साझा हितको सहयोगका बारेमा विचार आदानप्रदान गर्यौं र अझ विकसित नेपालका लागि नजिकबाट काम गर्ने निर्णय गर्यौं।’
भेटमा रास्वपाले सम्पन्न गरेको ३ दिने दबाब यात्रा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ, बुटवल सडक खण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्रा क्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउने कार्यक्रम का विषयमा कुरा भएको छ ।
यस्तै निर्माणमा ढिलाइ हुनुको विविध कारणबारे पनि छलफल भएको रास्वपाले जनाएको छ ।
त्यसमा आयोजना छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट आवश्यक पहल गर्ने राजदूत सोङले प्रतिबद्धता जनाएका छन् ।

 

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष २६, ११: ३९

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष २६, ११: ३९

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष २६, ११: ३९

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...