
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) सहमतिमै टुङ्गो लाग्ने बताएका छन् ।
संसद्को कानून, न्याय तथा मानवअधिकार समितिमा टीआरसी सम्बन्धी भएको दफावार छलफलमा भाग लिएका उनले यस्तो बताएका हुन् । “यसलाई राजनीतिमा राखेर हेर्न मिल्दैन । राजनीतिक सहमतिबाटै यसलाई टुङ्ग्याउनुपर्छ र, टुङ्गिन्छ,” उनले भने ।
अन्तिमसम्म आफूले प्रयास गर्ने उनले बताए । “अन्तिमसम्म प्रयास गरौँ । मलाई विश्वास छ, माननीय महेशकुमार बर्तौलाले नै बलको पास दिएपछि सहमितमै टुङ्गो लगाउने विश्वास दिलाए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...