आज पुसे औँसीःगया श्राद्ध गरिँदै – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

आज पुसे औँसीःगया श्राद्ध गरिँदै

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीहरूले हरेक वर्ष पौस कृष्ण औँसीका दिन गरिने तीर्थ ‘गया’ श्राद्ध आज देशभरका विभिन्न तीर्थस्थलहरूमा विधिपूर्वक गर्दैछन् ।
सौरमास पात्रोअनुसार माघे सङ्क्रान्तिदेखि र चान्द्रमास पात्रोअनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण सुरू हुन्छ । वैदिक सनातन धर्ममा उत्तरायण सुरू हुनुअघिको औँसी अर्थात् पौस कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी दान, तर्पण र श्राद्ध गर्ने परम्परा रहिआएको छ ।
पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने गरिएको हो । वैदिक सनातन धर्मावलम्बीले जीवनकालमा कम्तिमा पनि एकपटक तीर्थमा गइ श्राद्ध गर्नुपर्ने धार्मिक मान्यता रहिआएको छ ।
यसै आधारमा आज काठमाडौंको गोकर्ण उत्तरगया, त्रिवेणीधाम, देवघाट, रिडी, नुवाकोट र रसुवाको सङ्गमस्थित वेत्रावती, बराहक्षेत्र, विष्णुपादुकालगायत तीर्थस्थलमा विधिपूर्वक तिर्थ श्राद्ध गरिँदै आइएको छ ।
भारतको गयालगायतका तीर्थमा समेत आजकै दिन श्राद्ध गरिने भएकाले यो औँसीलाई गया औँसी पनि भनिन्छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष २६, १२: ३६

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष २६, १२: ३६

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष २६, १२: ३६

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...