सर्लाही अदालतमा बम्जनलाई १२ देखि १४ वर्षसम्म सजायको माग – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

सर्लाही अदालतमा बम्जनलाई १२ देखि १४ वर्षसम्म सजायको माग

सर्लाही। अनुयायी बेपत्ता पारेको अभियोग लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाही उपस्थित गराएको छ । अदालत खुल्ने वित्तिकै उनलाई हाजिर गराइएको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका एसपी प्रविण धितालका अनुसार, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीं) को टोलीले उनलाई बुधबार राति नै सर्लाही ल्याएको थियो । मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो ।
जिल्ला अदालतमा गोलाप्रथाबाट गरिएको मुद्दा छनोटमा उनको मुद्दा न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासमा परेको छ । उनको बयानपछि सुनुवाइको काम भइरहेको छ ।

बम्जनविरुद्ध १२ देखि १४ वर्षसम्म सजायको मागदाबी गरी सुनुवाइ भइरहेको हो । उनलाई थुना, तारेख वा धरौटीमा राखेर मुद्दा चलाउने भन्नेबारेमा न्यायाधीशले आदेश दिनेछन् ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष २६, १३: ०४

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष २६, १३: ०४

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष २६, १३: ०४

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...