भुटानका प्रधानमन्त्रीका रुपमा छिरिङ तोग्बे – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

भुटानका प्रधानमन्त्रीका रुपमा छिरिङ तोग्बे

काठमाडौं । भुटानको प्रधानमन्त्रीका रुपमा छिरिङ तोग्बे चयन भएका छन् । तोग्बे नेतृत्वको जन लोकतान्त्रिक पार्टीले बहुमत ल्याएको भुटानको निर्वाचन आयोगले बुधवार सार्वजनिक गरेको थियो ।
डेढ दशकबाट मात्र सुरु भएको संसदीय अभ्यास गर्ने भुटानको कुल ४७ सदस्य सदनमा तोग्बेको दलले एकल ३० सिट ल्याएपछि उनी प्रधानमन्त्री बन्ने निश्चित भएको हो । बाँकी सिट बीटीपी नामक दलले पाएको छ । अलजजिराका अनुसार मङ्गलबार भएको चुनावमा ६५.६ प्रतिशत मत खसेको थियो । सन् २०१३ देखि २०१८ सम्म प्रधानमन्त्री भएका तोग्बे ५८ बर्स पुगेका छन् ।
चुनावी नतिजा सार्वजनिक भएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तोग्बेको पार्टी र तोग्बेलाई बधाई सामाजिक सञ्जालमा दिएका छन् । रोजगार बढाउने र अर्थतन्त्र सुधार गर्ने मुद्दामा चुनाव लडेका तोग्बेले चुनावी नतिजा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा ‘भुटान व्यापारलाई खुला भएको’ पोस्ट गरेका छन् ।
तोग्बे भुटानका विश्वमै चिनिएका थोरै प्रधानमन्त्रीमा एक हुन् । सन २०१६ अप्रिल १ मा ‘टेड टक्स’मा अपलोड भएको भुटान ‘कार्बन नेगेटिभ’ भएको उनको मन्तव्य ३५ लाख बढीले हेरेका छन् । आठ लाख भन्दा कम जनसङ्ख्या भएको भुटानको लागि यो विशाल भ्युज हो ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष २६, १३: ४२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष २६, १३: ४२

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष २६, १३: ४२

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...