वर्तमान सरकार कामभन्दा बढी सत्ता जोगाउनमा केन्द्रित–जसपाको ठहर – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

वर्तमान सरकार कामभन्दा बढी सत्ता जोगाउनमा केन्द्रित–जसपाको ठहर

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) ले वर्तमान सरकार काममा भन्दा धेरै सत्ता जोगाउनमा केन्द्रित रहेको ठहर गरेको छ ।
जारी राजनीतिक समितिको बैठकमा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा सो कुरा उल्लेख छ ।
गठबन्धनले तयार पारेको न्यूनतम साझा कार्यक्रमको कार्यान्वयनमा सरकारले ध्यान नदिएको उल्लेख गर्दै प्रतिवदेनमा भनिएको छ- वर्तमान सरकारले काममा भन्दा धेरै सत्ता जोगाउनमा ध्यान लगायो ।
सरकार गठनलगत्तै सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा गरेको प्रतिबद्धता तथा भ्रष्टाचारविरुद्धको कारबाहीले गर्दा सरकारप्रति जनताको भरोसा बढेपनि त्यसपछिका कार्यसम्पादन सन्तोषजनक नभएको प्रतिवदेनमा उल्लेख गरिएको छ ।
पछिल्ला दिनमा सरकारका कामहरू विस्तारै कमजोर हुँदै गएको निष्कर्ष जसपाको छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष २६, १६: १४

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष २६, १६: १४

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष २६, १६: १४

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...