अमेरिका र बेलायतले थाले हुथी विद्रोहीविरुद्ध भीषण आक्रमण – Naya Bikalpa
July 31, 2026, Friday      Epaper

अमेरिका र बेलायतले थाले हुथी विद्रोहीविरुद्ध भीषण आक्रमण

काठमाण्डौं । अमेरिका र बेलायतले यमनको इरान समर्थित हुथी विद्रोही समूहविरुद्ध भीषण आक्रमण शुरु गरेका छन् ।
गाजामाथि इजरायली आक्रमणयता हुथी समूहले लाल सागरमा पश्चिमा देशका मालवाहक पानी जहाजमाथि आक्रमण गर्दै आएको थियो। यसविरुद्ध अमेरिका र बेलायती सेनाले संयुक्त रुपमा आक्रमण शुरु गरेका हुन् ।
दुवै देशका सेनाले मिसाइल तथा लडाकु जेटबाट आक्रमण गरेको पुष्टि गरेका छन्। हुथी समूहविरुद्ध अमेरिका र बेलायतले गरेको यो पहिलो जवाफी कारबाही हो। गत महिनादेखि ह्वाइट हाउसले हुथी समूहलाई लाल सागरमा आक्रमण रोक्न र नरोके कडा कारबाही गर्ने चेतावनी दिँदै आएको थियो।
अमेरिकाको चेतावनीपछि केही हप्ता आक्रमण रोकेको हुथी समूहले गत मंगलबार ड्रोन तथा मिसाइल प्रयोग गरी मालबाहक जहाजमा आक्रमण गरेको थियो ।
हिजो हुथी समूहले अदनको खाडीमा एक मालबहाक जहाजमाथि ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । गत नोभेम्बर यता इरान समर्थित हुथी समूहले लाल सागरमा ड्रोन तथा मिसाइलबाट २७ वटा आक्रमण गरेको छ ।
हुथी समूहका एक कमाण्डर अब्दुल कादर अल मोर्तदाले अमेरिका र बेलायतले यमनको राजधानी सना, सादा, धमार लगायतका क्षेत्रमा दर्जनौँ पटक हवाइ आक्रमण गरेको सामाजिक सञ्जाल एक्स मार्फत् पुष्टि गरेका छन् ।

सम्बन्धित समाचार

जापानको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, उद्धार कार्य जारी
जापानको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, उद्धार कार्य जारी
  • २०८० पुष २७, १०: ३६

काठमाडौं । जापानको दक्षिणपश्चिम क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। कुमामोटो प्रान्तीय सरकारले शुक्रबार सार्वजनिक गरेको...

नेपाल अडिटर्स एसोसिएसनको २१औं स्थापना दिवसको अवसरमा राहत वितरण
नेपाल अडिटर्स एसोसिएसनको २१औं स्थापना दिवसको अवसरमा राहत वितरण
  • २०८० पुष २७, १०: ३६

काठमाडौं : नेपाल अडिटर्स एसोसिएसन (अडान) ले आफ्नो २१औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण कार्यक्रम सम्पन्न गरेको...

वीरगन्जमा आज पनि निषेधाज्ञा
वीरगन्जमा आज पनि निषेधाज्ञा
  • २०८० पुष २७, १०: ३६

वीरगन्ज : जिल्ला प्रशासन कार्यालय पर्साले आज पनि वीरगन्ज महानगरपालिकाका विभिन्न चार स्थानमा निषेधाज्ञा आदेश जारी गरेको छ । प्रमुख जिल्ला...