
कैलाली । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत भएका छन् । रेशमपत्नी रञ्जिता श्रेष्ठ यसअघि पार्टी अध्यक्ष थिइन् । निर्धारित समयमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो । चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए ।
पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । चौधरी सर्वसम्मत भए पनि घोषणा गर्न भने बाँकी नै छ ।
०७२ मा टीकापुर घटनामा दोषी ठहर भएपछि उनले पार्टीको संरक्षकको रहेर २०७८ को पुस १९ मा निर्वाचन आयोगमा पत्नी रञ्जीता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी दर्ता गरेका थिए ।
चौधरीले २०७४ को चुनावमा प्रतिनिधि सभामा चुनाव जितेका थिए । पछि उनी राष्ट्रिय जनता पार्टीमा आवद्ध थिए । राष्ट्रिय जनता पार्टी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी गठन भएपछि चौधरी सोही पार्टीमा थिए । तर, थरुहट आन्दोलन र बन्दी रिहाबारे सरकार, मधेसी दलले चासो नदेखाएपछि उनले आफैले दल खोलेका थिए ।
गत जेठमा मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिएका थिए ।
नागरिक उन्मुक्ति पार्टीको महासचिवमा आधा दर्जन बढी आकांक्षी देखिएका छन् । अहिलेसम्म ठाकुरसिंह थारु, धर्म थारु र गंगा थारुले महासचिवका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...